इस्लामी आस्था र मुहम्मद (स.) ले दिएको शिक्षा


अल्लाह तआलाले मानवका लागि रोजेको एक मात्र जीवन प्रणाली इस्लाम हो । पहिलो मानव तथा पहिलो सन्देष्टा हजरत आदम अलैहिसलामदेखि अन्तिम सन्देष्टा हजरत मुहम्मद सल्लल्लाहु अलैही वसल्लमसम्मका संपूर्ण इशदुतहरुलाई अल्लाहले पठाएको सन्देश वा शिक्षा इस्लामको नै थियो । सबै मानवका सृष्टिकर्ता, सन्देशक एकै हुन्, सबैका ईश्वर एकै हुन् भने मानवका लागि उनले रोजेको धर्म वा जीवन प्रणाली पनि एकै हुन्छ, अनेक हुनै सक्दैन । मानिसले ग्रहण गरेको शिक्षा र त्यसमा मानवले गरेको थपघटले गर्दा धर्म वा जीवन प्रणाली अनेक बन्न गएको हो । यदि मानवले सत्यतालाई बुझ्ने हो भने इस्लाम मात्र सत्य जीवन प्रणाली हो र कुरआन मानव जीवन विधान वा ईश्वर प्रदत्त संविधान हो । अन्तिम संविधान कुरआनले यस अघि आएका सबै संविधानलाई खारेज गर्दछ र अन्तिम सन्देष्टा मुहम्मद (स.) सँगै ईश्वरीय सन्देष्टाको आगमन समाप्त हुन्छ । कुरआन भन्दा पहिले अवतरित ग्रन्थ (संविधान) अपूर्ण थिए र कुरआन मात्र पूर्ण संविधान हो । ईश्वरीय संविधानले एक पटक पूर्णता पाएपछि अब आखिरत सम्मको लागि अर्को नयाँ संविधानको आवश्यकता पर्ने कुरै आउदैन । मानवका सबै पक्षलाई समेटेर अल्लाहले कुरआन अवतरित गरेकाले यसमा कुनै कुरा थप्नु पर्ने वा परिमार्जन गर्नुपर्ने आवश्यकता नभएकोले यो नै अन्तिम ग्रन्थ भएको कुरा स्वयं अल्लाह तआलाले कुरआनमा नै बताएका छन् ।

जो व्यक्ति यस अन्तिम ग्रन्थको शिक्षालाई स्वीकार्छ, मुहम्मद (स.) लाई ईश्वरका अन्तिम सन्देष्टा मान्छ र कुरआन तथा नवी (स.) को शिक्षा मुताविक एक मात्र सत्य ईश्वर अल्लाहको भक्ति र उपासना गर्छ, त्यो व्यक्ति मात्र मुस्लिम हुन्छ । कुनै व्यक्ति सच्चा मुसलमान बन्नको लागि इस्लामका पाँच आधार स्तम्भ सहादत, नमाज, जकात, रोजा र हजलाई हृदयबाटै स्वीकारेर त्यसलाई व्यवहारमा उतार्नुको साथै अन्य विभिन्न कुरामाथि अनिवार्य रुपमा आस्था राख्नै पर्छ । यी इस्लामी आस्थाहरुमा एक र्ईश्वरमाथि आस्था, ईशदुत मुहम्मद (स.) र उहाँ भन्दा अघिका सबै सन्देष्टाहरुमाथि आस्था, राम्रो वा नराम्रो भाग्यमाथि आस्था, पारलौकिक जीवनमाथि आस्था आदि हुन् । यस वाहेक पनि अन्य थुप्रै कुराहरुको पालना एउटा असल मुस्लिमल गर्नुपर्छ ।

कुरआनको शिक्षा आर्जन गरी त्यसै अनुसार जीवन ढाल्नु इस्लाम वास्तविकता हो । हजरत मुहम्मद (स.) माथि अवतरित शिक्षाको संग्रह कुरआन हो । अन्तिम सन्देष्टा मुहम्मद (स.) माथि अल्लाह तआलाले जुन शिक्षा फरिश्ताको माध्यमबाट अवतरित गर्थे त्यो नबी (स.) आफ्नो समुदायसम्म पु¥याउनु हुन्थ्यो ।

उहाँ (स.) समक्ष यस्तो शिक्षा फरिश्ता जिब्राइल (अल.ै) को माध्यमबाट आउने गथ्र्यो । उनी कहिले मानव कै रुपमा प्रकट भएर, कहिले नबी (स.) को सपनामा प्रकट भएर र कहिले कुनै संकेतको रुपमा प्रकट भएर अल्लाहको सन्देश पु¥याउने गर्दथे । नबी (स.) को समुदायको आस्थालाई मजबुत पार्न कहिले काहि फरिश्ता जिब्रइल नबी (स.) सहाबाहरुसँग रहेको अवस्थामा एउटा यात्रुको रुपमा आउँथे र नबी (स.) संग सवाल जवाफ गर्थे ।

इस्लामी आस्था र व्यवहारलाई मजबुत र पवित्र बनाउने उद्देश्यले प्रेरित हदीसहरु मध्ये हदीस संग्रह मिस्कातमा उल्लेखित एउटा हदीस निकै प्रसिद्ध छ । उक्त हदीस अनुसार ईस्लामी शासक हजरत उमर बीन खत्ताब (रजि.) ले भनेका छन्, “एकदिन हामी रसुलुल्लाह सल्लल्लाहु अलैही वसल्लमसँगै बसेका थियौं, अचानक एउटा व्यक्ति हामी समक्ष आयो । उसको कपडा एकदम सेतो थियो र कपाल निखर कालो थियो । उसमा न त यात्राको थकावत थियोे न त हामी मध्ये कसैले उसलाई चिन्थ्यो । ऊ नबी (स.) को नजिकै गएर यसरी बस्यो । उसले आफ्नो  घुँडा नवी (स.) को घुँडासँग जोड्यो र आफ्ना दुवै हात उहाँ (स.) का तिघ्रामाथि राख्यो । त्यसपछि उसले भन्यो, “हे मुहम्मद ! मलाई इस्लामका बारेमा बताऊ ।नवी (स.) ले भन्नुभयो, “इस्लामको अर्थ अल्लाह बाहेक अरु कोही पूज्य छैन र मुहम्मद अल्लाहका रसुल हुन् भन्ने गवाही दिनु, नमाज कायम गर्नु, जकात दिनु, रमजानको रोजाहरु राख्नु र यदि बाटोको लागि सक्षम भएमा अल्लाहको घर (मक्का) को हज (तिर्थाटन) गर्नु हो ।उस (यात्रु) ले जवाफ दियो, “तिमीले सत्य भन्यौ ।

उमर (रजि.) ले अगाडि भने, “हामीलाई अचम्म लाग्यो कि ऊ (यात्रु) उहाँ (स.) लाई प्रश्न पनि गर्दछ र उहाँ (स.) ले दिएको जवाफलाई सहि छ पनि भन्छ ।फेरी उसले भन्यो, “मलाई इमानका बारेमा बताऊ ।उहाँ (स.) ले भन्नुभयो, “इमानको अर्थ तिमी अल्लाहमाथि आस्था राख र उनका फरिश्ताहरुमाथि, उनका किताबहरुमाथि, उनका सन्देष्टाहरुमाथि, आखिरतको दिनमाथि, तिमी आस्था राख भाग्य राम्रो हुनु र नराम्रो हुनु उनकै तर्फबाट हो भन्ने कुरामाथि ।उसले जवाफ दियो, “तिमीले ठीक भन्र्यौ ।फेरी त्यस (यात्री) ले भन्यो, “मलाई एहसानको बारेमा बताऊ। उहाँ (स.) ले भन्नुभयो, “एहसानको अर्थ तिमी अल्लाहको यसरी भक्ति गर कि मानौं तिमी उनलाई देखिरहेका छौं, यदि तिमी उनलाई देखिरहेका छैनौ भने उनले त तिमीलाई देखिरहेका छन् ।

हजरत उमर (रजि.) ले अझ अगाडि भने, फेरी उस (यात्री) ले सोध्यो, “मलाई प्रलयको बारेमा बताऊ। उहाँ (स.) ले जवाफ दिनुभयो, जसलाई सोधिदै छ ऊ सोध्ने मानिस भन्दा बढी जान्दैन। फेरी उसले भन्यो, “मलाई त्यसका निशानी (संकेत) बारे बताऊ। उहाँ (स.) ले भन्नुभयो, “त्यसको निशानी यो हो कि दासी आफ्नी मालिक्निलाई जन्माउनेछ र तिमी देख्नेछौ कि खाली खुट्टा र नाङ्गो शरिर भएका गोठाला र कङ्गालहरु अग्ला अग्ला भवनहरुमा बसेर घमण्ड गर्नेछन् ।

हजरत उमर (रजि.) ले भने, त्यसपछि ऊ (यात्रु) गयो अनि धेरै बेरसम्म म नवी (स.) सँगै बसिरहें । त्यसपछि उहाँले सोध्नुभयो, “हे उमर ! के तिमीलाई थाहा छ त्यो प्रश्नकर्ताको थियो ७तिसमैले जवाफ दिएँ, “अल्लाह र उनका रसूल (स.) राम्ररी जान्दछन् । उहाँ (स.) ले भन्नुभयो, “उनी जिब्राइल (अ.) थिए, तिम्रो सामु तिमीहरुलाई तिम्रो दीनको बारेमा शिक्षा दिन आएका थिए ।

यस हदीसमा इस्लाम, इमान र एहसानको बारेमा प्रष्टसंग व्याख्या गरिएको छ । इस्लामको अर्थ, इमानको शर्त र एहसानको अर्थ अन्तिम सन्देष्टा हजरत मुहम्मद (स.) ले स्पष्ट पार्नु भएको छ । कुरआन र हदीसमा जहाँ जहाँ इस्लाम र इमानको उल्लेख एकसाथ भएको छ त्यहाँ इस्लामको अर्थ तौहिद (एकेश्वरवाद) र रिसालत (ईशदुतत्व) लाई हृदयबाट स्वीकार्नु र आफ्नो कार्यबाट त्यसलाई जाहेर गर्नु हो । अर्को शब्दमा नमाज कायम गर्नु, जकात दिनु, रमजानको रोजा राख्नु र हज गर्नु जस्ता इस्लामका आधार स्तम्भका रुपमा रहेका कार्यहरुको अनिवार्य रुपमा परिपालन गर्नु हो । त्यस्तै इमानको अर्थ आस्था वा विश्वास हो । इस्लामलाई हृदयबाटै स्वीकार गर्नु नै इमान हो ।

यसमा नमाज कायम गर्नुको अर्थ नमाजलाई जीवन्त बनाउनु हो । पूर्ण पावन्दीका साथ जमातमा नमाज पढ्नु, नमाजका प्रत्येक चरणलाई महत्वका साथ पूरा गर्नु, नमाजको समयलाई ख्याल गरी त्यस समयलाई नमाजको लागि नै दिनु नमाज कायम गर्नु हो । नमाज कायम गर्नुको अर्को अर्थ नमाज नपढ्ने सम्म यसको महत्व पु¥याई उनीहरुलाई नमाजी बनाउनु पनि हो ।

त्यस्तै यस हदीसमा प्रयोग भएको शब्द एहसानअरबी शब्द हुस्नबाट आएको हो । हुस्नको अर्थ सुन्तरताहुन्छ । यस हदीस अनुसार मानिसले आपूmले गर्ने अल्लाहको उपासनामा सुन्दरता ल्याउने प्रयत्न गर्नुपर्छ । यसको लागि आपूm अल्लाह समक्ष भएको र आपूmले अल्लाहलाई देखिरहेको छ र अल्लाह आपूmलाई देखिरहेका छन् जुन पूर्ण सत्य हो भन्ने कुरा पूर्ण रुमपा आफ्नो मन मस्तिष्कमा बसाउनु पर्दछ । यसले उपासकको हृदयमा अल्लाहको भय र प्रेम बस्छ र उसको उपासना सुन्दर बन्दछ ।

त्यसै गरी यस हदीसमा उल्लेख भएको वाक्य दासी मालिक्नीलाई जन्माउनेछेको अर्थ यो हो कि महा प्रलयको नजिक मानिस मानिस बीच एक अर्को प्रतिको माया ममताको भावना मेटिने छ र व्यक्तिमा स्वार्थपन बढ्नेछ । त्यस समयमा सानाले ठूला वडाको आदर सम्मान गर्न भुल्नेछन् र आज्ञाकारिताको भावना मेटिनेछ । त्यस समयमा यस्तो अवस्था आउनेछ कि छोरीले आफ्नी आमाप्रतिको व्यवहार यस्तो गर्न थाल्नेछ जस्तो एउटी मालिक्नीले आफ्नी दासी (नोकर्नी) संग गर्छे । यसको अर्थ एउटी आमाले छोरी होइन एउटी दासीले आफ्नै मालिक्नी जन्माएकिछिन् ।

त्यस्तै यस हदीसमा उल्लेख भएको वाक्यांश खाली खुट्टा र ....... घमण्ड गर्नेछन्को अर्थ ज्ञान र संस्कृतिबाट वन्चित रहेका मानिसहरु, सभ्यता र संस्कार विहिन मुर्ख, अविवेकी व्यक्तिहरुमा अथाह धन सम्पति हुनेछ । धन र इज्जतको लागि त्यस्ता व्यक्तिहरु बीच प्रतिस्पर्धा हुनेछ । ती सबै संसारिक धन र सुख सुविधाका लोभी हुन् जो आफ्नो धनप्रति घमण्ड गर्नेछन् र पारलौकिक जीवनको उनीहरुलाई कुनै चिन्ता हुने छैन ।

यसरी अल्लाहका रसूल मुहम्मद (स.) ले आफ्नो समुदायका मानिसहरुलाई इमान प्रति सचेत गर्न हर संभव प्रयास गर्ने गर्नुहुन्थ्यो जसमा उहाँ (स.) लाई अल्लाह तआलाको पूर्ण साथ रहने गर्दथ्यो । मानिसलाई शिक्षित गर्न फरिश्ता जिब्राइलको उपस्थिति हुनु यसको ज्वलन्त उदाहरण हो । अल्लाहका सन्देष्टा मुहम्मद (स.) को इस्लाम, इमान र एहसान संवन्धि शिक्षालाई हामीले पनि मनन गरी हृदयमा बसाउन र त्यसलाई व्यवहारिकता प्रदान गर्न अत्यन्त जरुरी छ । त्यस्तै महाप्रलयको आगमन निश्चित छ र त्यो भोलि नै पनि हुन सक्छ भन्ने कुरालाई मनन गर्दै आफ्नो व्यवहार र आचरणलाई पूर्ण इस्लामी बनाई पारलौकिक जीवनको लागि आवश्यक सामग्री जम्मा पार्ने प्रयत्न गर्नुपर्दछ । अल्लाह हामी सबैलाई इस्लामको मार्गमा डो¥याउन् । आमिन् ।

 लेखक : इरफान पोखरेल 

Comments