अन्तिम संदेष्टा मुहम्मद (स.) को जन्म र चरित्र
प्रतिकुल समय र परिस्थितिमा अरबको मक्का उपत्यकामा एक बालकको जन्म भयो जसको
नाम मुहम्मद मुस्तफा थियो । हजरत मुहम्मद मुस्तफा (स.) को वंशावलीमा पूर्वजहरु
खोतल्दै जाने हो भने करिब सात पिंढि पहिले हजरत इस्माइल (अ.) संग गएर मिल्छ । हजरत
इस्माइल (अ.) ले अल्लाहको आदेश अनुसार आफ्नी पत्नी हाजरा र छोरा इस्माइललाई मक्का
उपत्यकामा छोडेर गएका थिए । हजरत इस्माइल (अ.) को सन्तानमा अदनानको जन्म भयो ।
अद्नानका धेरै सन्तानहरु मध्ये मअद बिन अद्नानको नाम प्रसिद्ध छ । मअदका सन्तानमा
मुजर र मुजरका सन्तान मध्ये फिहर बिन मालिकले आफ्नो खानदानको नाम उज्वल पारे ।
फिहर बिन मालिकका सन्तानको नाम कुरैश रह्यो र यो नाम यति फैलियो कि पूरै वंश यसै
नामबाट चिनिन थाल्यो । कुरैशको वंशज आफ्नो प्रतिष्ठा, उच्च
आचरण, वीरता, संभाषण शक्तिको कारण अरबवासीहरु बीच प्रसिद्ध हुन गयो ।
मानिसहरु त्यस खानदानलाई आदरको दृष्टिले हेर्ने गर्दथे ।
फिहरको सन्तानमा कुसई बिन किलाबको जन्म भयो । जसको उच्च गुण र क्षमता देखेर
काबाको सेवाकार्य खुजाआबाट उनलाई सुम्पियो । काबाको संरक्षण र रेखदेख गर्ने जिम्मा
उनलाई दिइएको थियो । मक्का क्षेत्रमा त्यस समयसम्म भवन र मानव बस्तीको नामोनिशान
थिएन । काबाको जमिनमा कुनै घर बनाउने कसैको हिम्मत थिएन । तर कुसईले एउटा घर बनाए
जसको नाम दारुन्नदवा अर्थात ‘मन्त्रणा गृह’ राखे । त्यस घरमा मानिसहरुलाई भेला गर्ने, उनीहरुको
समस्याहरुमा विचार विमर्श गर्ने र विवाहको विषयमा निर्णय गर्ने जस्ता कार्य हुने
गर्दथे ।
कुसईको छोरा अब्द मनाफ र मनाफको छोरा हाशिम प्रतिष्ठित व्यक्तिको रुपमा देखा
परे । त्यस्तै हाशिमको छोरा अब्दूल मुत्तलिबको प्रतिष्ठा र आदर सम्मान आफ्नो वंशमा
उच्च थियो । अब्दूल मुत्तलिबका १० जना छोरा र ६ जना छोरीहरु मध्ये अब्दुल्लाह
सबभन्दा बढी सुन्दर र चरित्रवान छोरा थिए । अब्दुल मुत्तलिबले अब्दुल्लाहको विवाह
हजरत आमिनासँग गरिदिए । आफ्नो बाबु अब्दुल मुत्तलिबको निर्देशन अनुसार खजुर टिप्न
गएको अवस्थामा अब्दुल्लाहको देहवसान भयो जुनबेला हजरत आमिना गर्भवती थिइन ।
आखिर मानव इतिहासको त्यो सबभन्दा प्रकाशमय र पवित्र दिन आयो जब मानवताका
उपकारक हजरत मुहम्मद मुस्तफा (स.) को जन्म मक्का नगरमा भयो । उहाँको जन्म ३०
अप्रिल सन् ५७बmउस१ सोमबार र अरवी पात्रो अनुसार रबिउल औवल
महिनामा भयो । उहाँको यस धर्तीमा भएको आगमनले अन्धकार र विपत्तिहरुले घेरिएको
विश्वमा सत्य–प्रकाश दिप्तमान भयो । उहाँको जन्मले संपूर्ण घर चम्किलो
प्रकाशले भरियो । अब्दुल मुत्तलिबले आफ्नो नाती मुहम्मद (स.) लाई लिएर मक्काको
काबामा गए र त्यहाँ उहाँ (स.) को लागि अल्लाहसँग धेरै प्रार्थना गरिरहे । बाजेले
आफ्नो एउटा पवित्र सपनाको प्रकाशमा उहाँ (स.) को नाम मुहम्मद राखे । उनले भने, “म चाहन्छु कि मेरो नातीले प्रशंसा प्राप्त गरोस् । उहाँकी
आमा हजरत आमिनाले उहाँको नाम ‘अहमद’ राखिन् । मुहम्मद अरबमा एकदम नयाँ नाम थियो जसप्रति अरबीहरु
आश्चर्य चकित भए । आफ्नो नातीको नाम खानदानी नाम नराखेर मुहम्मद राख्नुको कारण
अब्दूल मुत्तलिबलाई एक जनाले सोद्धा मुत्तलिबले भने, “आकाशमा पनि यसको प्रशंसा होस् र धर्तिमा पनि, पालनहारको
पनि प्यारो हुन सकोस् र मानिसहरुको पनि भन्ने म चाहन्छु ।”
कुरैशका उच्च घरानाका आमाहरु त्यस समयमा आफ्ना सन्तानलाई दुध चुसाउदैनथे
गाउँबाट धाईहरुको टोली आइ एक–एक वटा बच्चा आपूmसँग लिएर जान्थे र त्यसलाई आफ्नो दुध चुसाउनुको
साथै हेरविचार गर्दथे । जब सो बच्चा ठूलो हुन्थ्यो तब त्यसलाई उसैको आमाबाबुकहाँ
फिर्ता पठाइदिएर अर्को नयाँ बच्चा लिएर जान्थे । यसबाट बच्चाको स्वस्थ्य राम्रो
हुनुको साथैै ऊ हृष्टपुष्ट हुन्थ्यो । गाउँमा बसेको बच्चाले अरबी भाषा पनि
राम्रोसँग सिक्दथ्यो । धाइहरु आउने समय निश्चित हुन्थ्यो । जुन समयमा मुहम्मदको
जन्म भयो त्यस समयमा कुनै धाई भेटिएनन् । दुई तीन दिनसम्म आमिना स्वयंले बालक
मुहम्मद (स.) लाई आफ्नो दुध चुसाइन् । त्यसपछि अर्की धाई नभेटिएसम्म दुध चुसाउन र
हेरविचार गर्न भनेर मुहम्मदलाई अब्दुल्लाहको एउटा भाई अबूलहवकी दासी सौवियाका
साथमा पठाइयो । मुहम्मद (स.) का बाबु अब्दुल्लाहको देहवासन पहिले नै भइसकेकाले
टुहुरो पालेर कुनै धन सम्पति नपाइने सोचेर कुनै धाईले पनि उहाँलाई दुध चुसाउन र
हेरविचार गर्न मानेनन् ।
सअद खानदानका धाईहरु मध्ये कमजोर र दुर्वल अवस्थाकी धाई हलिमा पनि अन्य
धाईहरुका साथमा थिइन् । शुरुमा त उनको ध्यान पनि मुहम्मद (स.) माथि परेन अरुलाई नै
उनले लैजान चाहिन् । हलिमाको पति पनि साथमा नै थिए । कमजोर र दुर्वल भएको कारणले
गर्दा अरु कुनै पनि बच्चा उसलाई नदिएकाले उनले आफ्नो पतिलाई भनिन् “अल्लाहको कसम, मलाई लाज लाग्छ, सबै
साथीहरुको काख भरियो, मेरो मात्रै अहिले सम्म खाली छ । म त जान्छु, त्यहि
टुहुरो बालकलाई भए पनि लिन्छु । खाली हात जानुभन्दा त टुहुरो बालकलाई लैजानु
राम्रो हो ।” उनको पतिले
भने, “जाऊ लिएर आऊ, के भो
त ७तिस हुन सक्छ अल्लाहले त्यसैमा सुमंगल देलान् ।” त्यसैले धाई हलिमा फर्केर आइन् र बालक मुहम्मद (स.) लाई
लिएर आफ्नो समूहमा मिसिइन् । उनले खुला आँखाबाट उहाँ (स.) को सुमंगल देखिन् । खानामा, दुधमा, जनावरमा
हरेक चीजमा स्पष्ट रुपले सुमंगल देखियो । धाई हलिमासँगै जतिजना बच्चालाई दुध
चुसाउने धाईहरु थिए, उनीहरुले भन्न थाले “हलिमा ! तिमीलाई त एकदम शुभ बच्चा प्राप्त भएको छ ।”
सुमंगलको वर्षा जारी रहयो । धाई हलिमाले बालक मुहम्मद (स.) लाई दुध चुसाउन
थालेको पनि दुई वर्ष बित्यो । उनलाई दुध छुटाइन् र बालक मुहम्मद (स.) लाई लिएर
उहाँकी आमा अमिना कहाँ गइन् । हलिमाले बालक मुहम्मद (स.) लाई अरु केहि समय आपूmसँग राख्ने अनुमति मागिन् । आमिनाले त्यस अनुरोधलाई स्वीकार
गरिन् र केहि समयसम्म उहाँ (स.) लाई हलिमाका साथ फिर्ता पठाइदिइन् । यसरी बालक
मुहम्मद (स.) को पालनपोषण गाउँको खुला र स्वास्थ वातावरणमा हुन थाल्यो । जब उहाँ
(स.) ६ वर्षको हुनुभयो तब आमा आमिनाका साथ उहाँ (स.) यसरीब भन्ने ठाउँमा जानुभयो ।
जहाँ आमिना आफ्नो पति अर्थात मुहम्मद (स.) का पिता अब्दुल्लाहको कब्र (चिहान) मा
पनि जान चाहन्थिन् । एकमहिनासम्म मदीनामा रहेपछि मक्कामा फर्केर आउने क्रममा अबबा
भन्ने स्थानमा उनको देहवसान भयो । उनलाई यहि स्थानमा दफन (चिहान घाटमा राख्ने
कार्य) भयो । यसरी मुहम्मद (स.) ६ वर्षको उमेरमा आमा, बाबु
विहिन अर्थात पूर्णरुपमा टुहुरो बन्न पुग्नुभयो ।
यात्राको क्रममा बाटोमा नै आमाको मृत्यु भएको मुहम्मद (स.) एकातिर आमाको
मृत्युको पिडा र शोक थियो भने अर्कोतिर यात्रामा उहाँ एक्लै पर्नुभयो । आमाको
साथमा रहदा पनि उहाँ (स.) मा बाबु बिनाको टुहुरोपनाको दुःख थियो । अब त झन आमाको
देहवासनले शोकमाथि शोक थपिदियो । हबशा नामक स्थानमा बस्ने आमिनाको साथमा गएकी
उम्मे ऐमनले उहाँलाई लिएर मक्का आइन् र उहाँलाई उहाँकै बाजे अब्दुल मुत्तलिबको
जिम्मा लगाइ दिइन् । अब्दुल मुत्तलिब तत्कालिन समयमा कुरैशका सरदार थिए । उनी
मुहम्मद (स.) लाई प्रेम र स्नेहका साथ धेरै हेर विचार गर्दथे । अनेक तरिकाले
मुहम्मद (स.) सान्त्वना दिन्थे र टुहुरोपनको अनुभुति हटाउने प्रयत्न गर्दथे ।
कावाको छायाँमा उनी एकदम प्रेमपूर्वक आपूmसँग बसाउथें । आफ्नो प्यारो नातीलाई दुईवर्ष पनि वात्सल्य प्रेम दिन नपाई
अब्दुल मुत्तलिबको देहान्त भयो । यसरी मुहम्मद (स.) आठ वर्षको उमेरमा पुग्दा
नपुग्दै आफ्नो हेरविचार गर्ने र माया ममता दिने बाजेको मृत्युको पिडा भोग्नु पर्यो । बाजेको देशवासनको पिडा उहाँलाई आमा बाबुको
देहवासनको पिडाभन्दा बढी थियो । यसरी अल्लाहले उहाँ (स.) लाई घरिघरि शोक र पिडा पुर्याएर, साँसारिक
सहाराबाट वंचित गरेर आफ्नो कठिन र महान कार्यको लागि तयार गर्दै रहे ।
बाजे अब्दुल मुत्तलिबले आफ्नो देहवसान हुनुभन्दा अघि नै आफ्नो प्रिय नाती
मुहम्मद (स.) लाई उहाँकै काका अबूतालिबको जिम्मा लगाई सकेका थिए । मुहम्मद (स.)
लाई राम्रोसँग रेखदेख तथा हेरचाह गर्न र राम्रो व्यवहार गर्ने शिक्षा उहाँका
बाजेले काका अबूतालिवलाई दिने गर्दथे । यसै अनुरुप उनले आफ्नो भतिजो मुहम्मद (स.)
को पालनपोषण एकदम राम्रो तरिकाले गरे । उनी उहाँ (स.) लाई आफ्ना छोराहरु अली जाफर
र अकिललाई भन्दा बढी मान्ने गर्दथे । उहाँ चालिस वर्षको हुँदासम्म उनले उहाँको संरक्षण
प्रदान गर्दै उहाँलाई शक्ति प्रदान गरिरहे ।
उहाँको उमेर लगभग १२ वर्षको भएपछि काका अबूतालिवको साथमा लागेर सीरियातर्फ
व्यापारिक यात्रामा निस्कनु भयो र मरुभूमिमा उँटमाथि चढेर भएको लामो र कठीन यात्रा
पार गर्दै दुवैजना सीरियाको बुसरा भन्ने स्थानमा बास बसे । त्यहाँ बुहैरा नामले
प्रसिद्ध भएको एउटा ईसाई सन्यासी बस्ने गर्दथ्यो । ऊ गिर्जाघरबाट कहिल्यै पनि
बाहिर निस्कदैनथ्यो तर त्यस समयमा ऊ बाहिर निस्कियो र अबू तालिबका यात्रु दलको
अकस्मात रुपमा आतिथ्य सत्कार ग¥यो । उसले
अबूतालिवको साथमा आएको बालक मुहम्मद (स.) लाई शुभ लक्षणको आधारमा चिन्यो । उहाँको
हात समातेर उसले भन्यो, “यो विश्वनायक हो, यसलाई
सारा संसारको लागि दयानिधि बनाएर पठाइएको छ ।” उसले अबूतालिवलाई भन्यो “आफ्नो भतिजोलाई लिएर आफ्नो देश फर्केर जाऊ । यहुदीहरुबाट विशेष गरी आफ्नो
भजिोको सुरक्षा गर, किनकी तिम्रो भतिजो पछि गएर ठूलो इज्जतदार हुनेवाला छ ।” ईसाई सन्यासी बुहैराको यस्तो कुरा सुनेपछि अबूतालिवले आफ्नो
भतिजो मुहम्मद (स.) लाई लिएर सुरक्षित साथ तुरुन्त मक्का फर्किए ।
तत्कालिन समयमा शिक्षादिक्षाको कुनै प्रबन्ध थिएन । विद्यालय, महाविद्यालय
केहि पनि थिएन । बालुवाको समुद्र अरवमा अशिक्षा, अन्धविश्वास
र अज्ञानताको जालो फैलिएको थियो । टाढा टाढा गएर सीमित व्यक्तिले शिक्षा आर्जन
गरेका थिए । मुहम्मद (स.) पूर्ण रुपमा टुहुरो भएको कारणले गर्दा शिक्षा लिने
सुअवसर पाउने कुरै भएन । अशिक्षित व्यक्तिहरुको संसर्गमा रहेर उहाँको बाल्यकाल
मात्र होइन जवानी समेत अशिक्षित भएरै बित्यो । पढाई लेखाइको सट्टा घोडसवार, पौडी
खेल्ने, हतियार चलाउने कला त्यसबेला बढी प्रचलित भएकाले उहाँले पनि
त्यहि कला सिक्नुभयो । १२ वर्षको उमेरदेखि उहाँ भेडाबाख्रा चराउने काम गर्न
थाल्नुभयो । भेडा बाख्रा चराउने काम उहाँको मन पर्ने काम थियो । आफ्ना र छिमेकीका
समेत बाख्रा लिएर अरु गोठाहरुसँगै घाँसे मैदान तर्फ निस्कनु हुन्थ्यो जहाँ
बाख्राहरु स्वतन्त्र पूर्वक चर्न पाउथे भने उहाँको आत्मालाई शान्तिपूर्ण र आनन्दमय
वातावरण प्राप्त हुन्थ्यो । उहाँ त्यस किताब रुपी प्रकृतिको अध्ययन गर्नु हुन्थ्यो
र त्यसका इशाराहरुलाई बुझ्ने प्रयत्न गर्नुहुन्थ्यो ।
मुहम्मद (स.) आफ्नो समुदायमा शुरुदेखि नै अधिक सज्जन, सदाचारी, लज्जावान, सत्यप्रेमी
र नासोको हिफाजत गर्ने प्रकृतिको हुनुहुन्थ्यो । त्यसैले उहाँलाई समुदायका
मानिसहरु ‘अमीन’ अर्थात नासोको
हिफाजत गर्ने व्यक्ति रुपमा पुकार्ने गर्दथे । उहाँ सम्पूर्ण नातेदारहरुप्रति
ध्यान दिनुहुन्थ्यो, मानिसहरुको बोझ हलुका गर्नुहुन्थ्यो र उनीहरुको आवश्यकता
पूरा गर्नुहुन्थ्यो । उहाँ अति उच्चकोटीको आतिथ्य सत्कार गर्नुहुन्थ्यो, राम्रो
काममा अरुको मद्दत गर्नुहुन्थ्यो, मिहिनेत गरेर खाना प्राप्त गर्नुहुन्थ्यो र साधारण एवं
आवश्यकता जति मात्र उपलब्ध खानामा संतोष गर्नुहुन्थ्यो । एक पटक कावाको पर्खाल
मर्मत भइरहेको थियो । ठूला वडाहरुका साथ साना साना बालकालिकाहरु समेत उल्लासपूर्वक
काम गरिरहेका थिए । ती वालबालिकाहरु मध्ये मुहम्मद (स.) र उहाँका काका हजरत अब्वास
पनि हुनुहुन्थ्यो । अरु केटाकेटीहरुले आ–आफ्नो कपडा उतारेर काँधमा राखेर त्यसैमाथि
ढुंगा बोकेर ओसारिरहेको थिए । हजरत अब्वासले उहाँलाई पनि आफ्नो कपडा खोलेर काँधमा
राख्न अ¥हाए । अरबमा त्यस समयमा यसरी अरुको सामुन्ने
कपडा खोलेर नाङ्गो हुनु कुनै अनौठौ कुरा थिएन । तर उहाँले जव यसो गर्न लाग्नुभयो
तब नाङ्गो हुने डरले लाजले उहाँ तुरुन्त अचेत भएर लड्नुभयो । त्यस्तै उहाँमा
मार्गदर्शन एवं नेतृत्व, उच्चकोटी गुण एवं क्षमता थियो । यस सबन्धमा तत्कालिन एउटा
घटना भन्नु सान्दर्भिक नै होला । मक्का स्थित काबाको नव निर्माण भइरहेको थियो ।
निर्माण कार्यमा हजरत मुहम्मद (स.) पनि जुट्नु भएको थियो । यतिकैमा काबाको
पर्खालमा कालो पत्थर अर्थात हजरत अस्वद राख्नुपर्ने समय आयो । यस संबन्धमा
समुदायहरु बीच ठूलो मतभेद र विवाद उत्पन्न हुन गयो । प्रत्येक समुदाय आफूले नै
उक्त पत्थर उठाएर पर्खालमा राख्न पाउनु पर्ने कुराको दावी गर्दथ्यो । विवाद बढ्दै
गएर यति सम्म पुग्यो कि एक अर्को विरुद्ध तरवार निस्कन थाल्यो । यस विवादलाई
उपयुक्त ढंगबाट समाधान गर्ने अवसर मुहम्मद (स.) लाई नै जान्छ । उहाँले सबै
समदुायका मानिसलाई भन्नुभयो कि भोलि विहान जो सबभन्दा पहिले आइपुग्छ उसैले यस
विवादको फैसला गर्नेछ । भोलिपल्ट विहान सबेरै काबा निर्माण स्थलमा उहाँ नै सबभन्दा पहिले आइपुग्नुभयो । उहाँलाई पहिलो
व्यक्तिको रुपमा देखेर सबै समुदायका मानिसहरुको अनुहारमा उज्यालो प्रकाश देखियो ।
किनकी मुहम्मद (स.) ले कसैमाथि अन्याय गर्नु हुन्न
भन्ने कुरामा सबै विश्वस्त थिए । उहाँले गर्ने फैसलालाई सबैले स्वीकार गर्ने
कुराको संकेत समुदायका सबै मानिसहरुले गरे । विवाद समाधानको समय आयो । उहाँले एउटा
खास्टो ल्याउन भन्नुभयो । कालो पत्थरलाई त्यस खास्टोमा राख्नुभयो र सबै समुदायका
सरदारलाई बोलाएर खास्टोको एक एक छेउ समातेर पर्खालमाथि सम्म उठाउन लगाउनुभयो ।
उनीहरुले त्यसै गरे । जब खास्टो पत्थर राख्नु पर्ने उचाईमा पुग्यो तब उहाँले त्यस
पत्थरलाई उठाएर उपयुक्त स्थानमा राख्नुभयो । पत्थर उठाउन पाएकोमा उनीहरु सबै खुशी
भए र विवाद समाप्त भयो । यसरी तनावपूर्ण र उत्तेजनात्मक वातावरण्को अवस्थालाई
उहाँले सहज रुपमा समाधान गरी वातावरण खुशीमय बनाइदिनुभयो ।
उहाँले आफ्नो बाल्यकाल र यौवन अवस्था शिक्षा र व्यक्तित्व विकासको प्रतिकुल
अवस्था र वातावरणमा बिताउनु प¥यो तथापी
उहाँको स्वभाव, आचरण र वानी व्यवहार अरुको भन्दा सर्वथा भिन्न थियो । उहाँ
झुठो कुरा बोल्नुहुन्नथ्यो जसले गर्दा सबैले उहाँलाई विश्वास गर्दथे । उहाँका
कट्टर दुश्मनले पनि उहाँ झुठो बोल्नु हुन्छ भनेर कहिल्यै झुठो बोलेको आरोप सहितको
उदाहरण पेश गरेको पाइदैन । उहाँको मुखबाट अश्लिल शब्द र अरुलाई पीडा पुग्ने वाक्य
निस्केको कसैले सुनेन । हरेक किसिमका मानिसहरुसँग उहाँ उचित व्यवहार र बोलिवचन
गर्नुहुन्थ्यो । कटुता र कठोरताको सट्टामा उहाँको बोलीमा मधुरता र मिठासपन हुने
गर्दथ्यो । जोसँग उहाँको भेट हुन्थ्यो त्यो सँग उहाँ ज्यादै नजिकिनु हुन्थ्यो ।
उहाँ न त कसैलाई दुव्र्यवहार गर्नुहुन्थ्यो न त कसैको हक र अधिकार नै
खोस्नुहुन्थ्यो । वर्षौंसम्म व्यापार गर्दा पनि कसैबाट उहाँले एक पैसा पनि
अन्यायपूर्वक लिनु भएन । अनि जो सँग उहाँको सम्पर्क र उठवस हुन्थ्यो तिनीहरु सबै
उहाँको इमान्दारीतामा पूर्ण भरोसा गर्दथे । आफ्ना समुदाय सबैले उहाँलाई अमिन
अर्थात नासो बाहेकको रुपमा मान्दथे र आफ्नो वहुमूल्य वस्तुहरु समेत उहाँलाई नासोको
रुपमा राख्न दिने गर्दथे । अरुको त के कुरा उहाँका शत्रुहरुको समेत आफ्ना बहुमूल्य
सामानहरु उहाँको जिम्मामा छोड्दथे । र उहाँ ती सामानहरु बडो हिफाजतका साथ नासोको
रुपमा राख्नुहुन्थ्यो । तत्कालिन समाजका निर्लज्ज र नकच्चरो स्वभावका व्यक्तिहरु
माझ रहेर पनि उहाँ लजालु स्वभावको हुनुहुन्थ्यो । नाङ्गो हुनुलाई कुनै अनौठो कुरा
नसंझने समाजमा उहाँलाई कसैले कहिल्यै नाङ्गो देखेन । रक्सी खानु, जुवा
खेल्नु उहाँका असाध्यै घृणापूर्ण कार्य थिए जुन तत्कालिन समाजको रीति झै बनेको
थियो । अशिष्ट मानिसहरु बीच उहाँ सभ्य र शिष्ट हुनुहुन्थ्यो ।
संक्षेपमा भन्ने हो भने उहाँको प्रत्येक काममा पवित्रता र स्वच्छता पाइन्थ्यो । कठोर हृदय भएका मानिसहरु बीच पनि उहाँको
हृदय ममताले भरिपूर्ण थियो । मानिसहरुको दुःख, पीरमार्कामा
उहाँ सधैं सामेल हुनुहुन्थ्यो । अनाथ, असहाय
बालबालिका र विधवा महिलाहरुलाई उहाँ सधैं सहायता गर्नुहुन्थ्यो, बटुवाहरुको
सेवा गर्न उहाँ सधैं अग्रसर हुनुहुन्थ्यो । उहाँबाट कहिल्यै कसैलाई दmुख कष्ट पु¥याउने काम भएन । बरु उहाँ अरुको निमित आफैं दुख, कष्ट
सहनुहुन्थ्यो । बर्बरहरुबीच उहाँ शान्तिप्रिय हुनुहुन्थ्यो । आफ्नो जातिमा रक्तपात
मच्चिएको देखेर उहाँलाई हुनसम्मको दुःख लाग्दथ्यो । आफ्नो समूहभित्रको लडाई–झगडाबाट
उहाँ अलग्गै बस्नुहुन्थ्यो तर सन्धी संझौता गर्ने कार्यमा भने उहाँ सधै अघि
रहनुहुन्थ्यो । अल्लाहका अवज्ञाकारीहरु माझ रहे पनि उहाँ अति शुद्ध प्रकृतिको र
सद्वुद्धिवान हुनुहुन्थ्यो । पृथ्वी, आकाश र
यी दुई बीच रहेका कुनै पनि वस्तुलाई उहाँ पूज्य ठान्नुहुन्नथ्यो । किनकी यी
वस्तुहरु सृष्टक नभइ सृष्टि हुन् । उहाँ सृष्टि पूजाको सधैं विरोध गर्नुहुन्थ्यो ।
त्यस्तो वातावरणमा पनि उहाँ अलग र पवित्र हुनुहुन्थ्यो यसरी अन्तिम सन्देष्टा हजरत
मुहम्मद (स.) को जीवन घोर अन्धकारमा एउटा मैनवत्ति पिलपिल बलिरहेको अथवा मूल्यहिन
ढुंगाहरु बीच एउटा चम्किलो हिरा सरह थियो ।
पाठकवृन्द, अल्लाह तआलाले तपाई हामी सबैलाई अन्तिम सन्देष्टाको असल
अनुयायी बनाउन् र हाम्रा सबै कृयाकलापहरु त्यस्तै पवित्र र असल होउन् जस्तो हजरत
मुहम्मद (स.) का थिए । हामी सबैलाई सफलताको मार्ग देखाउन अल्लाह तआलासँग प्रार्थना
गर्दछु ।
लेखक : इरफान पोखरेल
pokharel234@gmail.com
Comments
Post a Comment