यी मुहम्मद थिए !
(यो प्रस्तुति अमेरिकन लेखकद्वारा लेखिएको लेखको अनुवाद हो ।
हुन त मुहम्मद (सल्ल.) को बारेमा हामी कोही पनि अनभिज्ञ त छैनौं होला । तैपनि
बिभिन्न तहबाट बिभिन्न मानिसले उनको याद र सम्झना गरेको पढ्न पाउँदा पुनः ताजापन
आउने हुनाले यस प्रकारको निरन्तरता जरुरी ठानेकी हुँ ।)
“आजसम्मको ईतिहासमा एउटै मात्र मानिस मुहम्मद (सल्ल.) छन्, जसले
धार्मिक र गृहस्थी दुबै स्तरमा अत्यन्त बिशिष्ट सफलता प्राप्त गरे । उनी (सल्ल.)
जस्ता अरु कोहि थिएनन्, जसको जीवनशैलीले बास्तविकताको दस्तावेज प्रस्तुत गर्यो । र, यो
दिनसम्म उनको (सल्ल.) जीवनशैलीले
उतारेका उदाहरणीय आवश्यकतालाई संसारका विभिन्न क्षेत्रबाट र विभिन्न देशबाट धेरै
मानिसहरुलाई आफ्नो दैनिक जीवनमा हुबहु उतार्ने प्रयास गर्दै आएका छन् ।
धार्मिक नेता वा ईशदूतहरुमध्ये मुहम्मद (सल्ल.) मात्र हुन्, जसले
मानव ईतिहासमा पहिलो पटक उच्चकोटीको राज्य सत्ताको स्थापना गरे । र, त्यो
यस्तो शताब्दी थियो, जहाँ जुन भूमिमा कुनै नियम–कानुन थिएन । कसैको मूल्य–मान्यता
थिएनन् । समाज अस्त–व्यस्त थियो । उनले (सल्ल.) धर्मको (अल्लाहको)
आदेशनुसार देशमा नियम–कानुन बनाए । जनतालाई समाजिक न्यायको दायरामा
व्यवस्थित गरे । अनि जर्जर–दर्दपूर्ण र अति नराम्रो आपसी युद्धलाई सदाको
लागि अन्त गरे । न्यायपूर्ण र अति नराम्रो आपसी युद्धलाई सदाको लागि अन्त गरे ।
न्यायपूर्ण सहज शासकको रुपमा स्थापित भए । जब उनले (सल्ल.) देशको शक्तिलाई आफ्नो
अधिनमा ल्याए तब मानवीयता फस्टाउन थाल्यो । त्यो पनि यति साधारण र सहजमा कि उनी
(सल्ल.) र देशबासीहरु बिच कुनै अन्तर थिएन । मुहम्मद (सल्ल.) भन्थे –“म अल्लाहको दास हुँ । उनले मलाई एउटा शिक्षकको मात्र कार्यभार दिएर पठाएका छन्
।”
आम जनतालाई सर्वप्रथम नशायुक्त पेय पदार्थ, नशालु
चिज र अन्य प्रकारको असुरक्षित, हानिकारक र कुपोषण जस्ता खानेकुराको बारेमा अवगत गराए ।
मुहम्मद (सल्ल.) बाहेक अरु कुनै व्यक्ति थिएनन्, जसले
महिलाको हक–हित र अधिकारको पक्षमा सशक्त आवाज उठाए ।
उनीहरुलाई आफ्नो वा पैतृक सम्पतिको हकमा जवाफ–सवाल गर्न पाउने, ईच्छा बिरुद्धको बिवाह इन्कार गर्न पाउने, पिडितलाई
तलाकको व्यवस्था र पुनः विवाह गर्न पाउने आदि तमाम् बिषयमा सुरक्षित गरे ।
मुहम्मद (सल्ल.) पढे लेखेका थिएनन् । तर ज्ञान र बुद्धिमा भावी पुस्ताहरुका
लागि चुनौति थिए । धुरन्धर धार्मिक नेता भैकन पनि उनको (सल्ल.) प्रबृति र नीतिहरु
अत्याधुनिक थिए । संकुचित राष्ट्रबादको भत्र्सना गर्दथे । उनले (सल्ल.) जनावर, वनस्पति
तथा वातावरण बचाऊनको लागि बिधि बिधानको व्यवस्था गरे । मजदुरको अधिकार स्थापना गरे
। ब्याज लिनु–दिनुमा कडा बन्देज लगाए । यसरी नाजुक स्थितिमा
गुज्रिरहेको अरब देशमा बिभिन्न जात– जातिको
सोचलाई २३ वर्षको ईशदुतत्व कालमा, मुहम्मद (सल्ल.) ले ईमानमा, नैतिकतामा
र दैनिक जीवनमा आमुल परिवर्तन गर्न सक्षम भए । उन (सल्ल.) को सुसन्देशले करिब सय
वर्षमा विश्वको विभिन्न भागका करोडौं, अरबौ
संख्यामा मानिसहरुको सोच र जीवनशैलीमा मूर्त परिवर्तन ल्यायो । मुहम्मद (सल्ल.) को
व्यक्तिगत कुराहरु (जस्तो, खाने, पिउने, काम गर्ने, आदि–आदि) हाम वा हदिसबाट थाहा पाउन सक्छौं जुन उन
(सल्ल.) को जीवनशैली के कस्तो थियो भन्ने बारेमा जानकारी प्रवाह गर्ने खजाना हो ।
वास्तवमा उन (सल्ल.) को व्यक्तित्वको विभिन्न पक्षलाई स–साना पानाहरुमा ब्याख्या संभव छैन । तर मेरो प्रयासबाट थोरै
नै किन नहोस्, मुहम्मद (सल्ल.) को जीवनको केहि पक्ष चर्चा गर्न चाहन्छु ।
उनी (सल्ल.) सामान्य उचाई भन्दा केहि अग्लो, सुसंगठित
र मजबुद, शरिरका थिए । निराला अनुहार, प्रवज्जल
निधार र मधु बाक्लो लामो आँखाका परेलीहरु उन (सल्ल.) का आकर्षणहरु थिए । गम्भिर
मुहारमा मृदु मुस्कान अति आनन्ददायी हुन्थ्यो । जब उनी (सल्ल.) बोल्दथे, बोलीमा
धैर्यता, गम्भिरता अनि उद्देश्यमुलक भाव झल्कन्थ्यो । कसैलाई भेट्दा
उन (सल्ल.) को सलाम अघि हुन्थ्यो । हात मिलाउदा उन (सल्ल.) को हात पछि छुट्टिन्थे
। धेरै मान– सम्मान गरेको मन पराउँदैनथे । गरिब दुखिहरुलाई आत्मीयताले
भेट्थे र उनीहरुलाई मुस्लिम बन्ने सल्लाह दिन्थे । गरिब भोकालाई आफ्नो थोरै
खानेकुरामा सरिक गराउँथे ।
हजरत आईशा (रजि.) भन्छिन्, – “मुहम्मद
(सल्ल.) लुगा धुने, जुत्ता मर्मत गर्ने, भूई
सफा गर्ने, दुध दुहुने, जनावरलाई
दानापानी खुवाउने र घरको सर–समान किनमेल गर्ने
जस्ता घरायसी काममा सहभागी हुन्थे ।” (बुखारी) उन (स.) को स्वच्छ बानी थियो । दिनको पाँच पटकको नमाज अगाडि दाँतको
सफाई गर्थे । मध्य रात पछिको तहज्जुद नमाज कहिल्यैं छुटाएनन् । (बुखारी) उन
(सल्ल.) लाई सुत्नको लागि ओछ्यान यस्तै हुनुपर्छ भन्ने थिएन । कहिले खाटमा सुत्थे, कहिले
चटाईमा त कहिले खाली भूईमा पनि सुत्थे । उनी (सल्ल.) भलादमी र दयालु मनका थिए ।
सधैं अरुको भलाई र कल्याणमा अग्रसर रहन्थे । नम्रता, ईमानदार, क्षमा
दिन सक्ने खुल्ला हृदय भएका अति सहज र सरल स्वभावहरु उन (सल्ल.) को चरित्रका
प्रशंसनिय ताज थिए । निष्पक्ष न्यायको लागि निकै कडा मुद्रामा देखिने मुहम्मद
(सल्ल.), को सुमधुर व्यवहारले सबै मानिसहरुको मन जित्न सफल थिए ।
अल्लाहका सन्देष्टा त थिए नै साथै अरबका एउटा अत्यन्त पोख्त शासक पनि बने । उन
(सल्ल.) मा कुनै घमण्ड थिएन न नै उन (सल्ल.) ले आफुलाई उच्च दर्जामा राख्न चाहे ।
हरबखत अल्लाहको डरमा रहने, मानवीय विषयमा चिन्तन गर्ने स्वभाव थियो । सबै खाले
मानिसहरुसँग सधै राम्रो व्यवहार गर्थे । बृद्ध मानिसलाई ठूलो ईज्जत गर्थे र भन्थे–ज्येष्ठ मानिसलाई मान दिनु भनेको अल्लाहको भक्ति हो ।
मुहम्मद (सल्ल.) जीव जन्तु र जनावरप्रति पनि त्यति कै दयालु थिए । “एक पटक यात्रामा हुँदा एउटा व्यक्तिले चराको अण्डा गुँडबाट झिकेर ल्याएको देखे
। त्यो देखेर उन (सल्ल.) लाई चराको ब्याकुलताको अनुभूती भयो । त्यसैले त्यस
व्यक्तिलाइ त्यो अण्डा तुरुन्त त्यहिं फिर्ता गर्न लगाए ।” (बुखारी) त्यस्तै एकदिन मक्का शहरमा आफ्नो शैन्यदलको परेड
अगाडिबाट कुकुरको माऊ बच्चा सहित हिड्दै थियो । उन (सल्ल.) ले त्यसलाई
नखल्बल्याउनु भन्ने आदेश दिएका थिए ।
मुहम्मद (सल्ल.) ले गरिब मानिसहरुलाई ज्यादै स्नेह गर्दथे र प्रार्थना गर्थे –“हे अल्लाह ! गरिब भएर नै मेरो जिन्दगी बितोस्, यसैमा
मेरो मृत्यु होस् । र, मलाई यिनीहरु कै साथमा उठाउनु होस् ।” उन
(सल्ल.) को घर काँचो माटोले बनेको थियो । ताड पत्ताको छानो थियो । ऊँटको छालाले
बारेको थियो । चटाईमा सुत्थे । एकपटक उन (सल्ल.) को अनुयायीले भेट गर्न जाँदा उनको
आङ्गमा चटाईको डाम देखे । उनले मुहम्मद (सल्ल.) लाई नरम बिछ्यौना ल्याई दिए । तर
उन (सल्ल.) ले त्यसलाई ईन्कार गर्दै भने –“यो संसारिक बस्तुसँग मैले के नै गर्नु छ र ७तिस
यो संसारसँग मेरो सम्बन्ध एउटा बाटो हिड्ने यात्री जस्तो हो, जसले
आफ्नो थकाईलाई केहि समय रुखको छहारीमा मेटाउछ र त्यहाँबाट हिड्छ ।” उन
(सल्ल.) ले सधैं सबै जनतालाई सहज र सरल जीवन अपनाउन आग्रह गर्दथे । खुद आफै पनि
राम्रो सदाहरण बने । उन (सल्ल.) को अन्तिम अवस्थामा घरमा केहि थिएन, सिवाय
गहुँका केहि दाना बाहेक । उनी (सल्ल.) आफ्नो बारेमा भन्थे –“अल्लाहले मलाई आफ्नो सन्देष्टा बनाएर पठाएका छन् ताकि मैले सुचरित्रको राम्रो
व्यवहारको र असल रहन सहनका नमुना बनेर देखाउन सकुँ । “(मालिक) । उन (सल्ल.) को देहवसान पछि रहेका सम्पतिको नाममा एकजोडि चप्पल, आफुले
प्रयोग गर्ने हतियार र सानो टुक्रा जमिन थियो । त्यो जमिन पनि असल कामको लागि
समुदायलाई प्रदान गरेका थिए । पवित्र कुरआनमा अल्लाह भन्दछन् –“निःसन्देश तिमीहरुको लागि अल्लाहका सन्देष्टा (मुहम्मद सल्ल.) एउटा सुन्दर
नमुना हो, जसले अल्लाह र आखिरतको दिनको आशा गर्दछ ।”– (३३:२१)
अन्तिम सन्देष्टा महुम्मद (स.) को जन्म र संसारको अवस्था
केही समयसम्म आज भन्दा १४३० वर्ष अघिको संसारलाई विचार गरौं । त्यस समयमा
मानिस मानिसका बीचमा विचार विमर्शको साधन अत्यन्तै थोरै थियो । देश–देश र जाति–जाति बीचको आपसी संबन्ध अति सिमित थियो । मानिसहरु ज्यादै संकुचित र स्वार्थी
विचारका थिए । उनीहरुको विचार अती संकीर्ण थियो । अज्ञानताको अन्धकारमा ज्ञानको
प्रकाश ज्यादै मधुरो थियो । त्यसबेला संसारमा रेडियो, टेलिफोन, टेलिभिजन
जस्ता आजका संचारका साधनहरु र हामीले प्रयोग गर्न गरेका मोटर गाडी, रेल, जहाज
जस्ता यातायातका साधनहरु क्ेहि पनि थिएनन् । न त छापाखाना र प्रकाशन गृह नै थिए, न त
विद्यालय विश्वविद्यालयहरु नै थिए । त्यसैले त्यसमयमा न त पत्रपत्रिका नै प्रकाशित
हुन्थे न त पर्यापत मात्रामा पुस्तकहरु नै लेखिन्थे ।
जुन देशहरु त्यसबेलाको सभ्यताको स्तर अनुसार सभ्य गनिन्थे त्यस्ता देशहरु
भन्दा अरब पृथक थियो । अरबको छेऊमा इरान, रोम र
इजिष्ट र सीरिया इजिष्ट र सीरिया थिए जहाँ विधा–कला तथा सभ्यता एवं संस्कृतिको केहि प्रकाश देखिन्थ्यो । तर वालुवाको ठूलो
समुद्रले अरबलाई अलग्गै छुट्याएर राखेको थियो । अरबका व्यापारीहरु उँटमा चढेर वा
महिनौंसम्म हिडेर ती देशहरुमा व्यापार गर्न जान्थे, मालसामान
किनवेच गरी फर्कन्थे । तिनीहरुको देशमा न विद्यालय थियो न पुस्तालय नै, न
शिक्षाको कुनै चर्चा थियो र न सीप एवं कला प्रति रुची नै । देशभर अशिक्षा, अन्ध
विश्वास र अधर्मले जरा गाडेको थियो । उनीहरु प्रचलित विज्ञान र कलाबाट परिचित
थिएनन् तापनि उनीहरुसँग उच्चकोटीको भाषा थियो जसको माध्यमबाट उच्चभन्दा उच्च विचार
सजिलै व्यक्त गर्न सक्ने असधारण शक्ति थियो । अरबवासीहरुमा उत्तम साहित्यिक
अभिरुची थियो । तर त्यसबेलाको उनीहरुको साहित्यको अध्ययन गर्दा उनीहरुको ज्ञान
अत्यन्तै सीमित भएको कुरा थाहा हुनछ । सभ्यता र संस्कृतिको दृष्टिले उनीहरु निम्न
७नतसेणीका थिए । उनीहरुका विचार, धारणा र स्वभावमा अत्यन्तै अज्ञानता एवं बरबरता थियो ।
उनीहरुका नैतिक व्यवहार अत्यन्तै भद्दा र असभ्य थिए ।
अरबमा त्यसबेला सम्म कुनै प्रकारको सुव्यवस्थित शासन व्यवस्था थिएन र राष्ट्र
सञ्चालनको लागि विधि विधान र बनेकै थिएन । प्रत्येक जाति तथा उपजाति आ–आफ्नो क्षेत्रमा स्वशासित र स्वतन्त्र थिए । वलिया र
शक्तिशालि कमजोर र दुर्बल माथि अत्याचार र हत्या आसंक मच्चाई उसको धनमाल लुटेर
अधिकार जमाउने प्रचलन थियो । आफ्नो गुट वाहिरको व्यक्तिको सम्मान र सुरक्षा गर्ने, उनीहरुको
धनमाथि आँखा नगाड्ने कुरा त्यस समयका अरबबासीहरुले कल्पना सम्म गर्न सत्तैनथे ।
उनीहरुको हृदयमा दया, प्रेम, सद्भाव जस्ता गुणहरुको सट्टा ‘जसको शक्ति उसैको भक्ति’ भन्ने मान्यताले वास गरेको थियो । नैतिकता, सभ्यता
र शिष्टता नामको कसनै चीज नै उनीहरुसँग थिएन । पवित्रता र अपवित्रता, वैध र
अवैध शिष्टता र अशिष्टता बीच तिनीहरु फरक छुट्याउन जान्दैनथे । त्यसैले उनीहरुको
जीवन जादै कष्टकर थियो । व्यभिचार, रक्सी
जुवातास, चोरी, डकैती, हिंसा, हत्या जस्तै कुराहरु उनीहरुको लागि सामान्य थिए र ती
क्रियाकलपा तिनीहरुका नित्य कर्म झै बनेका थिए । उनीहरु आफ्ना छोरी विहे गरिदिए
कसैलाई जुवाइ बनाउनु नपरोस् भन्ने सोचले आफ्नै हातले आफ्ना छोरीहरुलाई जीउदै
गाड्ने जस्तो घुणित र क्रुरतापूर्ण कार्य गर्न समेत पछि हट्दैनथे । उनीहरुलाई
खापिन, लुगाफाटा, सरसफाई र पवित्रता आदिका बारेमा समान्य नियम सम्म थाहा थिएन
।
मानिसहरुलाई सहि मार्ग देखाउन र इश्वरीय शिक्षा प्रदान गर्न अल्लाह तआलाले
विभिन्न जातजति, वंश र क्षेत्रमा एकलाख भनदा बढी सन्देष्टाहरु पठाएका थिए ।
तर ती सन्देष्टाहरु र उनीहरुले दिएको शिक्षाको बारेमा तत्कालीन अरबका मानिसहरुमा
कुनै यथार्थ ज्ञान थिएन । इब्राहिम (अ.) र इस्माइल (अ.) उनीहरुका पूर्खा हुन्
भन्ने कुरा उनीहरु जान्दथे तर ती बाबुछोराले मानिसहरुलाई दिएको शिक्षा के थियो
भन्ने कुराको ज्ञान भने उनीहरुमा थिएन । आद र समुदका कथाहरु उनीहरुबीच प्रसिद्ध
थियो तर तिनीहरुका बारेमा जुन कथा अरबका इतिहासकारहरुले लेखेका छन् जसो पढ्दा
सालेह (अ.) र हुद (अ.) का शिक्षाहरुको कुनै संकेत समेत पाउन सकिदैन । यहुदी र
ईसाइहरुले लेखेका इसराइलका कथाहरु उनीहरुले प्राप्त गरेका थिए तर ती कथाहरुको
बारेमा कुरआनका विश्लेषकहरुले औंल्याए अनुसार ती सबै इसराईलमाझ चलेका कथाहरुका
भरमा लेखिएका थिए । यसबाट अरबी तथा स्वयम् इसराइलीहरुले जुन ईशदूतलाई चिनेका थिए
ती कस्ता मानिस थिए, इशदूतत्वका बारेमा उनीहरुको अवधारणा कति न्यूनकोटीको थियो
भन्ने कुरा यसबाट थाहा हुन्छ ।
लेखिका : जमीला थापा हमीद
Comments
Post a Comment