नमाज: इस्लामको पहिलो स्तम्भ


अल्लाह तआलाले जगतमा गरेको सृष्टिमध्ये उत्तम सृष्टि मानव हो । उनले मानिसमा बुद्धि विवेक, ज्ञान जस्ता गुणहरुले भरिपूर्ण पारेर सवै७नतसेष्ठ प्राणी बनाए । त्यसैले उनले अललाहपति नतमस्तक हुन र भर्मादेश पालन गरी  संसार र आखिरतको जविन उत्तम बनाउने शिक्षा मानिसहरु समक्ष पु¥याउन विभिन्न समय र स्थानमा करिब  एकलाख चौबिस हजार सन्देष्टाहर पठाए । सम्पूर्ण सन्देष्टाहरले अल्लाहको एउटै आदेश मानिससम्म पुर्याए । यसै क्रममा अल्लाहले मुहम्मद  मुस्तफा (स.) लाई अन्तिम सन्देष्टाका रुपमा छनोट गरे । यसरी अल्लाह तआलाले हाम्रो सृष्टि गरेर पालनपोषणको बन्दोबस्त समेत मिलाएकाले एउटा पक्का मुसलमान हुनका लागि हामीले कृतज्ञता, विनय  र भक्ति निष्ठा र ७नतसद्धाका साथ उनको गुणगान गर्नुपर्दछ ।

इस्लामका ५ वटा आधारस्तम्भहरु छन् । यस कुराको साक्षी दिनु कि अल्लाह बाहेक कोही पूज्य छैन र  मुहम्मद (स.) अल्लाहका रसुल हुन् । नमाज कायम गर्नु जकात दिनु, रमजानको एक महिनाको ब्रत राख्नु र हज गर्नु । यी मध्ये एक अल्लाह नबी (स.) माथिको आस्था ईमानका पहिला आधारस्तम्भ हुन् । जकात भनवान मुस्लिमहरुका लागि अनिवार्य दान हो  भने हज धन र मक्का जाने आउने क्षमता हुनेले मात्र जिन्दगीभरमा एक पटक गर्ने तिर्थाटन हज हो । तर नमाज यस्तो इबादत (भक्ति) हो  जुन एक अल्लाहप्रति र नबी (स.) प्रतिको पूर्ण आस्था प्रकट गरेको दिनदेखि वा बालक पवित्र र अपवित्र कुराको पहिचान गरी त्यसिको पालना गर्न सक्ने भएदेखि दिनमा पाँच पटकका लागि अनिवार्य गरिएको हुन्छ ।

सफा शरीरका साथ बुजु गरेर बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्तको केही घण्टापछिसम्म केही समयको अन्तरालमा आफ्नो आस्थाप्रति दृढ विश्वस्त भई मुखले र क्रियात्मक रुपले उभिएर, रुकुअ, सज्दा र बसेर रसूल (स.)ले बताए ।अनुसार दोअहो¥याउने क्रियाको नाम नै नमाज हो । नमाजमा हामी भुईमा शिर टेकेर (सज्जा गरेर) आफूलाई अल्लाहको सेवक र दास हुन प्रतिज्ञा गर्दछौं, उनीसँग सहयोग माग्दछौं, उनको प्रकोपबाट बच्ने इच्छा प्रकट गर्दछौं, उनको गन्थ कुरआनका आयतहरु दोहोर्याउँछौ, उनको र उनका सन्देष्टा मुहम्मद (स.) को सत्यताको साक्षी बस्छौं र आफूले गरेका राम्रा नरामा कर्महरको फल भोग्न अल्लाह तआलाको अदालतमा हामी अनिवार्य रुपले हाजिर हुनु पर्ने दिनको सम्झना गर्दछौं । विहान झिसमिसे उज्यालो हुनु अघिको नमाज, मध्यान्हपछिको नमाज, अपरान्हको नमाज, सूर्यास्तपछि झमक्क अँध्यारो हुनु अघिको नमाज, बेलुकीको नमाज क्रमशः फज्र, जुह, असर, मगरिब र ईशाका नमाजहर हुन् । यी सबै समयका नमाजका प्राय एउटै पाठ र क्रिया दोहोर्याइन्छ । दृश्य वा अदृश्य रुपमा हामीले जे गरे पनि अल्लाह तआलाले देखिरहेका छन् भन्ने कुराको अनुभुति नमाजले गराउँछ । त्यसैले हामीलाई पूरा र सच्चा मुसलमान बनाउने नमाजभन्दा असल प्रशिक्षण अरु कुनै हुन सक्दैन । हामीलाई दैनिक कैयन पटक अल्लाहको स्मरण गराउने, उनीसित डराउने, अल्लाहको अदालतमा उभिनु पर्ने कुराको स्मरण गराउने, अल्लाहका रसुल (स.) को अनुसरण गराउने जस्ता शिक्षाहरुको अभ्यास नमाजले गराउँछ ।

यसरी कोही समयको अन्तरकालमा नमाजमा सरिक हुने व्यक्तिले नमाजपछि गर्ने सांसारिक कार्यमा सतर्कता अपनाउँछ र मनमा सँधै अल्लाहको डर राखी हरेक प्रकारका पापबाट बच्ने प्रयास गर्दछ । यति उच्चस्तरीय प्रशिक्षण पछि पनि यदि कोही अल्लाहसँग डराउँदैन, नमाज पावन्दीका साथ पढ्दैन, अधर्मबाट बच्दैन, अल्लाहका आदेशहरुको उल्लङ्घन गर्न छोड्दैन भने त्यो दोष नमाजको नभई स्वयं मानिसको विकृत मनको दोष हो । नमाजको अवस्थामा मानिस अल्लाहको सबभन्दा नजिकको अवस्थामा हुन्छ र ऊ अल्लाहसँग कुार गरिरहेको हुन्छ र अल्लाह उसको पुकार नजिकबाट हेरिरहेका र सुनिरहेका हुन्छन् । त्यसैले अल्लाहको नजिक हुने सबभन्दा उक्तम उपाय नै अटल विश्वासका साथ स्वच्छ हृदयले नमाज पढ्नु हो ।

इस्लाम एउटा सम्पूर्ण जीवन व्यवस्था हो जसमा आस्थालाई केन्द्रीय स्थान प्राप्त छ । ईमान कबुल गरेपछि एउटा ईमानवालाको लागि पहिलो अनिवार्य कार्य नमाज हो । नमाजको उल्लेख कुरआनमा ६४ पटक भएको छ । त्यसैगरी हदीसमा पनि नमाजको धेरै उल्लेख भएको छ । त्यसैगरी हदीसमा पनि नमााजको धेरै उल्लेख भएको पाइन्छ । एकातिर नमाज मुस्लिम र काफिरका बीच फरक गर्ने शक्ति हो भने अर्कोतिर नमाज ठीक तरिकाबाट पूरा गर्ने व्यक्ति इस्लामका बाँकी कार्य र भक्तिहरु नि पूर्ण रुपले गर्नेवाला बन्न पुग्छ । यो यस्तो भक्ति हो जुन हरेक नबी र उनका अनुयायीहरुमाथि अनिवार्य गरेको छ ।

लेखक : इरफान पोखरेल

Comments

Anonymous said…
Bt achhchher ta english sign haru 6...Nepali nai aako 6ina ta..
Mohammad Aamir said…
tapai sanga Preeti text chhaina raichha. Preeti download garna ko laagi download.com.np ma gayera install garnus ani padhna saknu hunchha...