म अनि ऊ र उसको आस्था -- एक अनुभूति
जिन्दगी
एक यात्रा रहेछ, यात्रा गर्दै जानुपर्छ । कतिखेर हाम्रो
जिन्दगीका पाइलाहरु नयाँ मोडतिर लम्कन्छन् हामीलाइृ नै थाहा हुन्न । हिजोको हामी र
आजको हामीमा आकाश पातालको फरक भेट्दछौ । त्यस्तै भयो मेरो जीवनमा पनि । यात्राको
क्रममा एक दिन यस्तो सहयात्रीसँग भेट भयो जुन आज पनि मेरो मानसपटमा ताजा रहिरहेको
छ ।
यात्राकै क्रममा एक दिन
मेरा सहयात्री बन्नको लागि एकजना नव मुस्लिम दिदी मेरो साथको सिटमा बस्न आउनुभयो ।
मेरो लागि उहाँको पोसाक असाधारण बन्न पुग्यो । त्यसैले उहाँसँग परिचय गर्नथालें ।
यहि क्रममा उहाँलाई सोधेंः आयशा दिदी हजुरले किन इस्लाम अपनाउनु भएकोे, के कुराले हजुरलाई यति धेरै प्रभावित पार्यो जसले आफ्नो सबै कुरा त्यागेर यसमा लाग्नुभयो ? यस्तो पोशाकले हजुरलाई असजिलो महसुस हुदैन ?
यो पोशाकमा म किन असजिलो महसुस गरुँ ? बरु तपाईलाई यी पोशाकमा आफू अपमानित भएको जस्तो लाग्दैन ? तपाईले अल्लाहको भनाईको अपमान गरेको जस्तो लाग्दैन ? म मौन भएँ किनकि एक मुसलमान नारीको पहिचान मसँग थिएन ।
दुनियाको रमझममा रमाइरहेकी थिएँ । एक सच्चा मुसलमान नारीलाई यी सब सुहाउँदैन
जसको मनमा अल्लाहको डर अनि अन्तिम सन्देष्टा मुहम्मद (स) सँग प्रेम गर्नेे
मुसलमानले यो दुनियाँको कुरा हेर्दैन किनकि उसलाई दुनियामा होईन मृत्यु पछिको
जिन्दगी स्वर्गमा जिउन चाहन्छौं । यो दुनियाको जिन्दगी त मात्र दुई दिनको हो ।
रह्यो मुसलमान हुनुको कारण “मुसलमानबीचको भाईचारा तथा आफ्नोपन र धर्मप्रंति उनीहरुको
आस्था” आएशा दिदीले जवाफ दिनुभयो । मैले दुनियाँमा
यस्तो आफ्नोपन र यस्तो बलियो आस्था देखेकी छैन । बस यहि कुराले मलाई इस्लामतर्फ
आकर्षित गरिदियो । उहाँले हास्दै भन्नुभयोः– यसको कहानी त लामो छः एउटा फिल्मी कहानी सरह, जुन म तपाईलाई संक्षिप्तमा बताउने छु । म पनि सुन्नलाई आतुर भएँ । उहाँले
भन्नुभयो :- म आफ्नै बाध्यताले गर्दा आफ्नो देश, इष्टमित्र, आफ्नो परिवार छोडी साउदी अरबको खाडीमा काम
गर्नको लागि भनौं वा आफ्नो परिश्रम बेच्न पुगेकी थिएँ । त्यहाँ मैले सोचेको जस्तो
केही पनि थिएन । नेपाल र अरब आकाश पातालको फरक थियो । त्यसैले म एकदम दुखि थिएँ । नेपाली चेली विदेशी भूमिमा रमाउन धेरै गाह्रो
पर्दोरहेछ । आफ्नो परिवार, सन्तान अनि देश उफ् ! यसको याद काल बनि अगाडि
नाचिरहेको हुन्थ्यो । न त्यहाँ बस्न सक्थें न त फर्कन नै । त्यसबखत अल्लाहको
कृपाले एकजना बुढो व्यक्तिसँग मेरो भेट भयो । त्यो नै मेरो जीवन बाटो मोड्ने
घुम्ति थियो । त्यो बुढो मान्छे सायद मेरो लागि अल्लाहले पठाएको एक फरिश्ता थियो ।
हँसिलो मुहारमा मायालु भावनाहरुको तरङ्ग सधै खेलिरहेको हुन्थ्यो उनको । ऊसँग उनको
छोरा, बुहारी र एउटा नाति साथमा बस्दथे । उनी आफू
गरिव भएपनि अरुलाई सहयोग गर्न सधै तल्लिन हुन्थे । लाग्थ्यो यो धर्तिमा सिर्फ
अरुलाई सहयोग गर्नकै लागि उनी आएको हुन् । छोरा र उनी दिनभर त्यस्तो चर्को घाममा
पनि मजदुरी गर्थे, बुढो भएपनि काम गर्ने तागत अनौठो थियो उनीसँग ।
त्यही पैसाले जसोतसो घर खर्च चलाएका थिए । उनको लागि सबै समान थियो,को आफ्नो को पराई, बस् अरुलाई सहयोग गर्न पाए हुन्थ्यो । अरुको लागि आफ्नो ज्यान दिन पनि पछि
पर्दैनथे उनी । उनको अपार मायाले होला । भ त्यहाँ विस्तारै रमाउन थाले ।
उहाँलाई म काका भनेर बोलाउथें । उनले मेरो समस्या बुझेर होला मलाई प्राय
उनको घरमा बोलाउथेँ । म जान्थें, खुब मजा
गर्दथे । उनीसँग बस्दा मलाई आफ्नो परिवारसँग बसेको जस्तो महसुस हुन्थ्यो । उनी
मुसलमान थिए, त्यसैले होला अल्लाहलाई खुब मान्दथे । हरेक
दुखमा पनि सन्तुष्ट हुन जान्दथे । हरेक परिस्थितिलाई अल्लाहको कृपा मान्दथ्यो ।
त्यो परिवार आश्चर्यजनक थियो । त्यो परिवारमा धनको मात्र कमि थियो तर मनको
कमि थिएन । त्यो परिवार माया नै मायाले भरिएको थियो । लाग्थ्यो कि स्वर्ग सायद यसै
घरमा सजिएको छ । तर दुर्भाग्यबस एकदिन उनको छोराको मोटर दुर्घटनामा मृत्यु भयो ।
यो सुनेर म एकदम मर्माहत भएँ । म मा असह्य पिडा भयो तर मलाई भन्दा सायद उनलाई बढि
पिडा भएको होला सोचेर म उनलाई सहानुभुति दिनको लागि उनकोे नजिक गएँ र आफ्नो
तरिकाले उनलाई सहानुभुति दिएँ । उनी मेरो कुरा सुनिरहेको थिए जब म मौन भए तब उनले
धन्यवाद दिने अन्दाजमा आकाशतर्फ हात उठाएर भने “बेटी ! यह खुदा कि तकदिर है, खुदा की अमानत
थी, खुदा ही ले गया इसमे गमजदा होने की क्या बात है, हमे तो हर हालत मे खुदाका शुव्रिmया अदा करना चाहिए ।”
ती बुढा मानिसले आकाशतर्फ उठाएका ती हातहरु
मेरो मानसपटमा सल्बलाइरहेका थिए । मलाई बारबार उनको त्यो क्रियाकलापले हैरान
बनाइरहेको थियो । आजको यो दुनियामा पनि यस्तो सत्यवादी, ईश्वरवादी, निश्वार्थी
मानिस पनि छ, जसलाई सुख के हो दुख के हो थाहा नै छैन । बस्
अल्लाहको भक्ति गर्न पाए हुन्थ्यो अल्लाहको लागि जीउन पाए हुन्छ । यो व्यवहारले
मलाई पागल बनाइरहेका थियोे । त्यसैले मलाई विस्तारै यो जान्नलाई उत्सुकता बढ्यो कि
आखिर यो बुढो मान्छेसँग त्यस्तो के शक्ति छ र जुन उसको मनलाई यति शक्तिशाली
बनाइरहेको छ ? यो बुढेसकालको साहरा खोसिदा पनि चुपचाप छ ।
फेरी सोचे सायद उसको बुहारी र नातिको कारणले गर्दा होला । छोरा नभए त के भो
बुढेसकालको साहारा बुहारी र नाति त छ नि । यहि सोच्दै मनलाई अलि शान्त बनाए । यहि
उनको शक्ति होला भन्ने निष्कर्ष निकाले ।
सायद जो बढि आस्थावान
हुन्छ उसले नै बढि परिक्षामा बस्नुपर्छ । अल्लाहको नजिक जो बढि रहन्छ, उसले नै अग्निपरीक्षामा पास हुनुपर्छ । त्यसैले होला
त्यसपछिको केही महिनापछि एउटा महामारी रोगले उसको बुहारी र नातिलाई पनि लग्योे ।
यो सुनेर झन् मेरो मन एकदम भावविह्वल भएर आयो । तर पनि अब त बुढोको आस्था कमजोर
भयो होला ? उसको हरेक आशा मरिसक्यो होला, सायद उसको आस्था बनावटी होला, अब त अल्लाहको नाम जप्न छोड्छ होला, आखिर दुख पर्दा नआत्तिने मान्छे छ नै कहाँ र ? भन्ने सोचेर पहिलेकै जसरी नै फेरी गएर सहानुभुति दिए । उसको बुहारी र
नातिनीको मृत्युको अफसोच गरें र उनको दुःखमा आफू पनि दुखी भएको बताएँ तर
फेरी पनि उनले आफ्नो हात आकाशतर्फ उठाएर भनेः–“बेटी । यह सब खुदा की हिकमत के खेल है उस ने जो कुछ दिया था खुद ही वापस ले
लिया है । इस मे हमारा था ही क्या ? फिर हम अपने दिल को बुरा क्यो करे ? बन्देको हरहाल मे खुदाका शुक्र ही अदा करना चाहिये । हम मुसलमानो को यही हुक्म है की अल्लाह की मर्जी पर सब्र
करे ।
आएशा दिदी अचम्म मान्दै भन्न थाल्नुभयो ”रोजिना ! म जबसम्म त्यो मान्छेको साथमा बसे त्यो मान्छेको
मुखबाट जुनसुकै दुखद घडीमा पनि उफ्को शब्द समेत निस्केन । न त उसको आँखाबाट आँशु
नै झरेकोे थियो । यो मान्छेको छातीभित्र मान्छेको मन छ वा ढुङ्गाको मन ? या पागल हो यो । लाग्थ्यो उसले उसको आफ्नो कलेजोको
टुक्रालाई गाडेको होईन सिर्फ उसले आफ्नो कर्तव्य निभाईरहेको थियो । कति सजिलै लगेर
चिहानको माटो मिलाईदियो आफ्नो बुढेसकालको सहारालाई । मलाई लाग्यो म त्यहाँ बसिरहे
भने पागल हुन्छु त्यसैले म त्यहाँबाट आफ्नो कोठातिर फर्के । तर बाटोभरि उसकै
बारेमा सोचिरहें । ऊ मान्छे हो वा कोही अजुबा ? म यति अचम्ममा परे कि सायद त्यो म वर्णन नै गर्न सक्दिन । तर फेरी सोचें अब त
ऊ एक्लै छ, त्यति धेरै काम पनि गर्न सक्दैन । मेरो दुःखमा
उसले साथ दिएको थियो मैले पनि उसको दुखमा साथ दिनुपर्छ भन्ने सोचेर उसको लागि म
बसेको घरमा काम मिलाईदिएँ ।
आएशा दिदीको आँशँले आँखा भरिरहेको थियो ।
उहाँले आफ्नो आखाँको आशुँ पुछ्दै भन्नुभयो उनका यी जवाफहरु मेरो लागि एउटा खतरा
रोग जस्तै भएको थियो । उसको आकाशतर्फ उठेका हातहरु तरवार बनी मेरो आत्मालाई
रेटिरहेको थियो । त्यसपछि मैले उसको आस्थाको अगाडि सधैको लागि शिर झुकाएँ । मलाई
विश्वास भयो कि उसको अल्लाहप्रतिको त्यो आस्था बनावटी थिएन, त्यो यथार्थ थियो । ऊ भित्र सच्चा ईश्वरको बास थियो । उसलाई
जति बुझ्थें त्यति नै बुझ्न कठिन
हुन्थ्यो ।
एक दिन उसले चिहान जाने कुरा गर्यो, म पनि उसको साथ गएँ । तर बाटोभरि यहि कुरा खेलिरहेको थियो ।
अब त सायद उसको आस्था टुट्यो होला, त्यसैले त्यहाँ रुनको लागि जान खोजेको होला । यस्तै कुराहरु मनमा
खेलाउदै गएँ । जब त्यहाँ पुग्यौ उसले कबरस्तानमा भएको फोहोर पन्छाउन थाल्यो माटो र
पानी ल्याएर सम्याउन थाल्यो । त्यसपछि वजु गरेर आकाशतर्फ हात फैलाएर मृतकको नाममा
प्रार्थना गर्न थाल्यो । म त्यहाँ मुर्ति सरह उभिएर हेरें र महसुस गरें उस भित्रको
आस्थाको कहिल्यै नभिन्ने ज्योतिलाई । म भित्र पनि अब त्यो प्रकाशले उज्यालो पार्न
आतुर थिएँ । गर्वको साथ बुढोले अपनाएको बाटो अपनाउन चाहन्थें किनकि यो बुढोको मन
बुझाउने बाटो नभएर सत्य धर्मको कमाल थियो जुन त्यो बुुढो मान्छे मान्दछ ।
मैले त्यतिखेर नै दृढ संकल्प गरें अब म पनि मुसलमान बन्नेछु अनि घर फर्कें ।
उसलाई भने कि मलाई पनि मुसलमान बन्नु छ, तब ऊ खुसी हुदै मलाई एउटा धर्मविद् समक्ष लग्यो । धर्मविदले मलाई खुदा र रसुल
मुहम्मद (स).प्रति आस्था राख्ने तरिका सिकाउँदै ला इलाह
इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह (ईश्वर एक हुन्, ईश्वरको कुनै रुप, आफन्त केही छैन र मुहम्मद (स). अन्तिम
सन्देष्टा हुन् ।) पढाउनुभयो ।
रोजिना ! मसिनो स्वर उहाँले भन्नुभयो “ आज म अल्लाह तआलाको कृपाले मुसलमान हु र त्यही मजवुत आस्था
जुन उसको दिलमा भरिएको थियो म मेरो दिलमा पाउछु । ऊ मेरो लागि मार्गदर्शक बन्यो
जसले मेरो जीवनको सहि बाटो देखायो ।”
रोजिना
Nice experience!
ReplyDelete