इस्लामी बित्तीय प्रणाली
सामान्य तथा प्रचलित वित्तीय
पद्धति ब्याजमा आधारित हुन्छ जहाँ ब्याजदर निश्चित गरिएको हुन्छ । यस्तो वित्तीय पद्धतिमा
लगानीको उपलब्धिलाई बेवास्था गरी लगानीकर्ता वा पूँजी निक्षेपकर्तालाई दिइएको प्रतिफलको
दर पूर्व निर्धारित रुपमा पूर्णतः निश्चित गरिएको हुन्छ तर यसको विपरित इस्लामी वित्तीय
पद्धति ब्याजमा आधारित हुँदैन । बरु यसमा लगानीको उपलब्धिको आधारमा लगानिकर्ता वा पूँजी
निक्षेपकर्ताले प्रतिफलको दर निश्चित हुँदैन जसले गर्दा त्यस्तो प्रतिफलमा ठूलो उतार
चढाव हुन सक्छ । इस्लामी वित्तीय पद्धतिमा झैँ लगानीमा जतिसुकै लाभ हानी भए पनि पूर्व
निर्धारित दरमा प्रतिफल भुक्तानी गनुपर्ने बाध्यता नभई ब्यवसायमा भएको लाभ हानीको अनुपातमा
ऋणदाता वा निक्षेपकर्तालाई प्रतिफल भुक्तानी गरिन्छ ।
इस्लामी वित्तीय पद्धतिलाई
“ब्याज वा निब्र्याजी” वित्तीय पद्धतिका रुपमा प्रस्तुत गर्दा बेचैनी सृजना हुन सक्छ । यस वित्तीय
पद्धतिको दार्शनिक आधार पूँजीको लेनदेनको आर्थिक कारोबारमा रहेको छ । तर अर्कोतर्फ
प्रचलित वित्तीय पद्धत्तिले विशेषत कारोबारको आर्थिक तथा वित्तीय दृष्टिकोणलाई जोड
दिन्छ । इस्लामी वित्तीय पद्धतिले नैतिक, चारित्रिक र सामाजिक
स्वरुपलाई समान रुपले प्राथमिकता दिन्छ । यसले गर्दा सम्पूर्ण समाजको भलाईका लागि निश्पक्ष
र समानताको उपलब्धि हासिल हुन सकोस् ।
इस्लामी वित्तीय
पद्धतिका सिद्धान्तहरु
इस्लामी वित्तीय पद्धति न्याय, मानवता र समानताको सिद्धान्तमा आधारित रहेको छ । यस वित्तीय पद्धति
मुख्य रुपले निम्न सिद्धान्तहरुमा आधारित हुन्छ –
(क) ब्याज निषेध
इस्लामी वित्तीय पद्धतिमा ब्याज
निषेधको शाब्दिक अर्थ ऋण वा विक्रीमा पूँजीको
कुनै पनि अन्याय पूर्ण वृद्धि अबैध ठहराउनु हो । यस वित्तीय पद्धतिको केन्द्रिय अवधारणा
नै ब्याज निषेध हो । यसलाई अझ प्रष्ट रुपमा भन्नु पर्दा लगानीको उपलब्धिलाई परवाह नगरी
कुनै धनात्मक, निश्चित र पूर्व निर्धारित दरले
सापटी रकमसँग जोडिने रकमलाई ब्याज भनिन्छ र यस्तो पूर्व निर्धारित दर अर्थात ब्याजलाई
इस्लामी बित्तीय पद्धतिले निषेध गरेको हुन्छ । यस्तो निषेध सामाजिक न्याय, समानता र सम्पत्तिको अधिकारको पक्षमा आधारित हुन्छ । इस्लामले सधैँ नाफा कमाउन
प्रोत्साहित गर्दछ तर कुनै पनि सम्पत्ति वा पूँजीमा ब्याज लगाउने कुरालाई भने यसले
रोक्दछ । यसको मूख्य कारण नाफा सफल उद्यमशिलसँग जोडिएको हुन्छ । यसले थप धनको सृजना
गर्दछ भने ब्याजले ब्यापारिक उत्पादन लागतमा अनुत्तरदायी ढंगले बृद्धि गराउँदछ । जसले
गर्दा ब्यापारिक प्रतिष्ठान घाटामा जान्छ र त्यसले. सम्पत्तिको सृजना गर्र्न सक्दैन । ऋण लिने र ऋण दिने दुबैले
समानुपातिक स्वरुपमा धनको संकलन र वितरण निश्पक्ष र सही उत्पादनशीलताको प्रतिनिधित्व
हुने कुरा सामाजिक न्यायको माग हो ।
(ख) जोखिमको हिस्सेदारिता
इस्लामी बित्तीय पद्धतिमा ब्याज
निषेध भएका कारणले गर्दा पूँजी पूर्तिकर्ता ऋणदाता नभई लगानीकर्ता बन्दछन् । वित्तीय
पूँजीदाता र ब्यावसायिहरु नाफाको हिस्सा प्राप्तिका लागि ब्यापारिक जोखिमको हिस्सा
ग्रहण गर्दछन् । त्यसैले इस्लामी बित्तीय पद्धतिलाई नाफा नोक्सान र जोखिमको हिस्सेदारी
वित्तीय प्रणाली पनि भनिन्छ ।
(ग) सट्टाबाजी
ब्यवहार निषेध
इस्लामी बित्तीय पद्धतिले अनधिकृत
धन संचयलाई निरुत्साहित गर्दछ । त्यर्सैले यसले अत्याधिक अनिश्चितताहरु, सट्टाबाजी र जोखिम हुने प्रकृतिका कारोबार समेत निषेध गरेको छ
। सट्टाबाजी ब्यवहारले एकपक्ष अनाधिकृत धन सञ्चय गर्न सक्षम हुन सक्ने र अर्को पक्ष
भने धनबाट विमुख हुने सम्भावना रहन्छ । यस्तो ब्यवहार सामाजिक न्यायमा आधारित हुन सक्दैन
भन्ने मान्यता इस्लामी वित्तीय सिद्धान्तमा रहेको छ ।
(घ) पवित्र करारहरु
इस्लामले समझदारीपूर्ण उपकारहरु
पवित्र जिम्मेवारीका रपमा सूचनाहरु स्पष्ट पार्ने कार्यलाई सघाउ पु¥याउँछ । यस स्वरुपको उद्देश्य असमानताका सूचनाहरु र नैतिक जोखिमहरु
घटाउनु हो । इस्लामी वित्तीय लगानी नैत्रिक तथा चारित्रिक दृष्टिमा उपयुक्त हुने र
समाजका लागि हानीकारक नहुने ब्यापारिक कृयाकलापमा मात्र हुने गर्दछ । त्यसैले यसले
न्यायपूर्ण, लाभदायक र नैतिकतापूर्ण करारहरु मात्र गर्न प्रोत्साहित
गर्दछ ।
इस्लामी वित्तीय
उपकरणहरु
प्रत्येक वित्तीय ब्यवस्था
अनुसार यस प्रणालीको सञ्चालनका लागि केही महत्वपूर्ण वित्तीय उपकरणहरुको आवश्यकता पर्दछ
। यस्ता उपकरणहरुले नै पद्धतिलाई मजबुत र दीर्घकालिन बनाउन सक्दछ । लाभ हानी हिस्सेदारीका
केही महत्वपूर्ण उपकरणहरु छन् । ती उपकरणहरु यस प्रकार रहेका छन् –
(क) नाफाको हिस्सेदारी
सम्झौता
इस्लामी बैंकहरुले ऋणमा प्रतिफलको
प्रशरणशील दर निष्काशन गरी विभिन्न कम्पनीहरुलाई रकम प्रदान गर्दछ । प्रतिफलको यस्तो
प्रशरणशील दर फरक फरक कम्पनीका लागि फरक फरक
निर्धारण गरिन्छ । तसर्थ ऋणमा बैकले प्राप्त गर्ने नाफाको निश्चित प्रतिशत हुन्छ
। एक पटक मूलधन फिर्ता गरिसकेपछि नाफाको हिस्सेदारी सम्झौताको अन्त्य हुन जान्छ ।
(ख) समतामूलक सहभागिता
इस्लामी वित्तीय पद्धति अनुसार
ब्यवसायी र बैक मिलेर गरिने लगानी समतामुलक सहभागिता हो । समतामुलक सहभागिताका लागि
ब्यवसायीले केही पूँजी र ७नतसम लगाउँछ भने बैँकले पूँजी उपलब्ध गराउँछ जसले गर्दा दुबै
पक्ष नाफा र जोखिममा हिस्सेदार बन्दछन् । पूँजी र ७नतसमबिचको यस्तो सहभागितामूलक ब्यवस्थापनले
ब्यवसायिकताको विकासका साथै आय विवरणमा सन्तुलनको सुनिश्चितता गर्दछ र अर्थतन्त्रमा
ऋणदाताको एकाधिकारलाई अवसर प्रदान गर्दैन ।
(ग) संयुक्त लगानी
यो सहभागी साझेदारहरु बीच संयुक्त
ब्यापारमा हुने नाफा र नोक्सानको हिस्सेदारीता परस्पर स्वीकार गरिएको सम्झौताद्वारा
निर्मित सम्बन्ध हो । यो एउटा सम्झौता हो जसभित्र रहेर बैँकले एउटा कोष उपलब्ध गराउँछ
जुन ब्यापारिक संस्थाको कोष र अन्य कोषमा समावेश गरिन्छ । सम्पूर्ण पूँजी पूर्तिकर्तालाई
ब्यवस्थापनमा सहभागिताका रुपमा राखिन्छ तर यसो गर्नु जरुरी भने होइन । ब्यवसायमा हुने
नाफा भने पूर्व मञ्जुरी गरिएको अनुपातमा नै सबै साझेदारहरुलाई वितरण गरिन्छ तर नोक्सान
भने प्रत्येक साझेदारले कडाईका साथ पूँजी लगानीमा भएको योगदानको अनुपातमा नै ब्यर्होनु
पर्ने हुन्छ । यो अवधारणा निश्चित आय लगानी भन्दा भिन्न रहेको छ ।
(घ) लिजिङ्ग
लिजिङ्ग बैँक र वस्तु खरिदकर्ता
विचको एक प्रकारको सम्झौता हो । यो सम्झौता अनुसार वस्तु खरिद गर्नका लागि क्रेतालाई
ऋण उपलब्ध गराउनुको सट्टा बैँक आफैले बिक्रताबाट वस्तु खरिद गर्न सक्छ र उक्त वस्तु
केही नाफामा बैँकले क्रेतालाई बेच्न सक्दछ जसको मोल क्रेताले किस्ताबन्दीमा थोरै थोरै
गरी तिर्दछ । वास्तवमा यस्तो खरिद विक्रीमा नाफा पूर्ण प्रकट भएको हुँदैन । त्यसैले
यस्तो मूल्य ढिलो भुक्तानी गरे वापत कुनै जरिवाना रकम तिर्नु पर्दैन । यसलाई त्रुटिबाट
बचाउनका लागि बैंकले क्रेतालाई कडाईका साथ प्रतिज्ञा गराउँछ । यसरी बैंक मार्फतबाट
क्रेताद्वारा खरिद गरिएको वस्तु वा भूमि कारोबारको शुरुवातसँगसँगै क्रेताको नाममा दर्ता
गरिन्छ ।
(ङ) ब्यापार विक्री
अल्पकालिन वित्तीयकरणका लागि
अत्याधिक रुपमा प्रयोग हुने साधन वित्तीय खरिदको परम्परागत धारणामा आधारित छ । बैंकले
खास किसिमका वस्तुहरुको आपूर्ति आफ्नो अधिनमा लिन्छ, ग्राहकलाई पुनः बेच्नका लागि आपसी सम्झौताका आधारमा करारहरु र आपसी समझदारीहरुका
सीमा एकत्रित गर्दछ । यस्तो विक्री सम्झौता पत्रमा खरिद र विक्री मुल्य, अन्य लागत र नाफाको सीमा स्पष्ट रुपमा उल्लेख भएको हुनुपर्दछ । यसरी विक्री
गरिएको सम्पत्तिको दायित्व ऋण पूर्ण रुपमा भुक्तानी नभएसम्म बैंकमा नै निहीत रहेको
हुन्छ ।
(च) असल ऋण
प्रसिद्धिका आधारमा बढाउँदै
लगिने ऋण असल ऋण हो । यसमा ऋणीले आफूले लिएको सापटी रकम मात्र बैंकलाई फिर्ता गरे पुग्छ
। ऋणीले आर्जन गर्ने नाफाबाट बैंकलाई थप रकम तिर्नुपर्ने कुनै सम्झौता भएको हुँदैन
। तर जे भए पनि ऋणीले उसको बिवेकमा कुनै प्रतिज्ञा विना नै स्वेच्छाले ऋणदातालाई कुनै
थप र कम नतिर्ने भएकाले यस्तो लेनदेन नै वास्तविक रुपमा ब्याजरहित ऋण हो । यस्तो किसिमको
ऋण विशेषतः समाजका साना ब्यावसायीहरुको विकासका लागि दिने गरिन्छ ।
(छ) संरक्षण
इस्लामी वित्तीय प्रणाली अनुसार
बैंकले संरक्षक र नियन्त्रकका रुपमा कोषको संरक्षण गर्दछ । व्यक्तिले बैंकमा रकम जम्मा
गर्दछ र बैंकले उक्त रकम सुरक्षित राखी निक्षेपकर्तालाई उसले चाहे बमोजिम सम्पूर्ण रकम वा निक्षेपको केही अंश पुनः भुक्तानी गर्दछ
। बैंकले उक्त निक्षेप कोषको उपयोग गर्न पाए वापत वा ब्यक्तिको निक्षेपबाट बैंकले नाफा
आर्जन गरे वापत बैंकको स्वविवेकमा निक्षेपकर्ता निक्षेप रकमभन्दा केही बढी थप रकमद्वारा
पुरस्कृत हुन सक्छ । यस्तो थप रकमको दर पूर्व निर्धारित नभई बैंकको नाफा दर र स्वविवेकमा
निर्भर हुन्छ । यसको अर्थ संकलित निक्षेपबाट बैंकले जुन अनुपातमा नाफा आर्जन गर्दछ
त्यसको आधारमा निक्षे्पकर्तालाई थपेर दिने रकमको दर प्रत्येक वर्ष निर्धारण गर्ने गरिन्छ
तर निक्षेपकर्ताले आर्जन गर्ने यस्तो नाफाको २.५% इस्लामी धर्म विधानले निर्धारण गरे
अनुरुप असहाय, गरीब आदिलाई जकात (दान) दिनका लागि
बैंक स्वयम्ले कट्टा गर्दछ र यस्तो सहयोग प्रदान गर्नुपर्ने व्यक्तिलाई उपलब्ध गराउँदछ
। यसरी गरीब तथा दुःखीहरुले समेत धनको उपभोग गर्न पाउँछन् ।
लेखक : इरफान पोखरेल
Comments
Post a Comment