महिला अधिकार र इस्लाम
हरेक वर्ष झै यस वर्ष पनि नेपाल लगायत विश्वका धेरै मुलुक हरुले मार्च ८
तारिखका दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाए । उक्त दिन महिला अधिकारकर्मीहरु नारी, पुरुष समानता र महिला अधिकारका निकै चर्का नारा दिने गर्छन
। समानता शब्दले नारी पुरुष एक अर्काका प्रतिस्थापक हुन भन्ने संकेत गर्दछ । तर
शारीरिक बनावट, स्वभाव र विशेष्तालाई हेर्ने हो भने पनि यस्तो
समानताको सोच अप्राकृतिक हो । महिलालाई पुरुषले गर्ने काम गराउनु वा गर्न उक्साउनु
उनीहरुको शोषन गर्नु हो । किनकी बच्चा जन्माउने, स्याहार सुसार गर्ने, घर भित्रका कार्य त उनले गर्नु नै छ र त्यसमाथि
घरबाहिरको काम पनि उनैले गर्नु भनेको दोहोरो भूमिका निर्वाह गर्नु हो । पुरुष झै
महिला पनि घर बाहिरको कार्यमा दैनिक रूपमा जाने गरेकोले परिवारका बालबालिकाहरुले
आमाको माया र हेर्चाह नपाएर बिग्रिएका प्रसस्त उदाहरणहरु हाम्रा सामु छन । महिला
अधिकारको नारा दिने पश्चिमा सोचले आज महिलालाई नङ्ग्याएरा इज्जत लुटिरहेको छ, महिलालाई वस्तु बिक्रीको माध्यम बनाइरहेको छ । यसरी वस्तु
बिक्रीको माध्यम बन्नु, नाङगिनु, पुरुषको पहिरणमा सजिनु र पुरुषसँगै नारिएर बाहिरी काममा लाग्नु महिलाले आफ्नो
शोषण गर्न आफैले उक्साउनु हो । यसलाई महिला अधिकार र समानताको संज्ञा दिनु मुर्खता
बाहेक केहि होईन ।
इस्लाम मात्र त्यसतो जीवन प्रणाली हो जसले महिलालाई शोषण मुक्त गर्नुका साथै
अधिकार सम्पन्न गरेको छ । इस्लामले घर बाहिरको संपुर्ण जिम्मेवारी पुरुषलाई दिएर
घर भित्रको मात्र जिम्मेवारी महिलालाई दिएको छ । घर भित्रको काम पनि पुरुषको सहयोग
लिएर उनी गर्न सक्छिन । उपासना (नमाज, रोजा, जकात, हज) को अधिकार महिला र पुरुष दुबैमा समान छ । यसमा केही अवस्थामा महिलालाई
पुरुषलाई भन्दा केही बढी छुट रहेको छ । पवित्र कुरआनमा अल्लाहको शिक्षा अनुसार
इस्लामको दृष्टिमा परिवार पाल्न आवश्यक पर्ने सामग्री जुटाउने जिम्मेवारी पुरुषको
हो भने धन सम्पतिको सुरक्षा गर्ने र घरलाई ब्यवस्थित बनाउने जिम्मा महिलाको काँधमा
रहेको छ ।
त्यस्तै पैतृक सम्पतिमा महिलाको पनि हक रहेको छ । महिलाले बाबु र पति दुबैतिरबाट
सम्पति पाउँछिन । आफुले पाएको
सम्पति खर्च गर्ने वा ब्यवसायमा लगाउने पूर्न अधिकार उनमा हुन्छ । परिवारको पुरुष बाहिरा काम गर्न शारीरिक रुपम असक्षम भएमा
पुरुषबाट यौन दुराचार नहुने स्थानमा पर्दामा रहेर महिलाले नोकरी व ब्यवसाय गर्न
सक्छिन । सीप सिक्न, सीपको उपायोग गर्न, धन आर्जन गर्न, धन खर्छ गर्न इस्लामले महिला र पुरुष दुबैलाई समान अधिकार दिएको छ । तर
महिलाले पर्दामा रहेर यी काम गर्न र पुरुषले महिलाको आदर गर्दै उनीहरुमाथि यौन
दुराचार नगर्न आदेश दिएको छ ।यो आदेशको पालना नगर्ने महिला वा पुरुष पापी बन्ने र
उनिहरुको ठेगान नर्क हुने कुरा समेत अल्लाहले कुरआनमा स्पष्ट पारेक छन । इस्लामले पुरुषलाई भन्दा महिलालाई उच्च स्थान प्रदान गरेको छ । आफ्ना छोरीहरुको राम्रो पालन पोषण र
शिक्षा दिक्षा दिई राम्रो घरानामा विवाह गरिदिने बाबु स्वर्गको हक्दार हुने शुभ
सूचना दिएकोछ । परिवारमा बाबुको भन्दा आमाको स्थान तीन गुणा उच्च भएको र आमाको
सेवा गर्ने ब्यक्ती स्वर्गको हक्दार हुने कुरा नबी (उनीमाथि शान्ति होस्) को
हदीसमा उल्लेख छ । इस्लामले महिलालाई कति इज्जत दिएको छ भन्ने कुरा पवित्र कुरआनको
एउटा अध्यायको नाम 'निसा' (महिला) राखेबाट नै स्पष्ट हुन्छ ।
जो ब्यक्तिले वास्तविक रुपम इस्लामलाई अंगाल्छ उसले महिलालाई आफ्नो असल
सहयोगीको रुपमा अधिकार सम्पन्न राख्दछ । त्यसैले वास्तविक रुपमा महिला हक र अधिकार
प्राप्तिको लागि इस्लामी कानून व इश्वरीय संबिधान कुरआन लागु हुनुपर्छ । यसैमा
मात्र सबैको भलाई, सुख, शान्ति र सफलता अडेको छ ।
मधुर सन्देश, मासिकको सम्पादकिय
Comments
Post a Comment