नेपालमा मुस्लिम नारीहरुको अवस्था


यो प्रदिस्पर्धाले भरिपूर्ण संसारमा सबैजना आफूलाई प्रथम स्थानमा हेर्न रुचाउँछन् चाहे त्यो महिला होस् वा पुरुष । यो होडबाजिले मानिसलाई कहाँसम्म पुर्याउने हो यो त भविष्यमा नै अवगत हुनेछ  । तर हामी एउटा चेतनशील प्राणी हौँ जसकारण हामीले हरक्षण हर कुराको अवलोकन गरिरहेका छौं, यस अवलोकनको क्रममा मैले पनि बिशेष महिलाहरुको अवस्थालाई नियालेर हेरें जसमा मुस्लिम महिलाहरुलाई  बिषयको केन्द्र बिन्दु बनाएँ  । समय समयमा उनीहरु पिछडीएका र दवावमा राखिएका भनि विभिन्न संचार माध्यमहरुमा सुन्ने र पढिने गरिन्छ  । जसले मेरो हृदयमा विभिन्न खुल्दुलीले स्थान बनायो  । मा एउटी मुस्लिम केटी भएर पनि कहिल्यै यस्तो समस्याको सामना गर्नु परेको थिएन र इस्लामको नियम कानूनलाई खोतलेर हेर्दा पनि महिलाको उच्च स्थानको अलावा केहि पाइन  । तर आफ्नो अध्ययनको क्रममा धेरै ठाउँको मुस्लिम समाजको अवलोकन गर्ने मौका पाएँ  । "नेपालको भित्र र नेपाल बाहिर" दुबैमा समस्याको जड भने मुस्लिम समाजको आफ्नो बिचार धारा पाएँ जसकारण एउटी मुस्लिम महिला वास्तवमै पीडित बन्न पुगेकी रहेछिन् 

यस सम्बन्धमा पहिले सिक्षाको बिषयलाई हेरौं  । मुस्लिम समाजका कतिपाए व्यक्तिहरुको बिचार धारा यस्तो छ कि महिलाहरुलाई शिक्षित पार्न ज़रुरी छैन आखिरमा उनीहरु बिहे गरेर अर्काको घर गैहाल्ने त हुन् बस उनीहरुलाई साधारण लिख पढ गराए पुग्छ भनि उनीहरुलाई उच्च शिक्षाबाट वञ्चित गराइन्छ तर इस्लामी कानूनमा त यसको बिपरित महिलालाई पुरुष सरह सिक्षा आर्जन गर्न अनिवार्य गरेको छ जसलाई मुस्लिमहरुले आफै बुझेका छैनन् यसैकारण हाम्रा दिदी बहिनीहरु यसबाट वञ्चित  छन् ।

अर्को दाइजो प्रथालाई लिऔं  । मुस्लिम समाजका खासगरी उच्च वार्गीयाहरुले यसलाई आफूमाथि अनिवार्य जस्तो बनाएर मध्यम वर्गीय र तल्लो वर्गीयहरुकालागि अत्यन्तै कठिन अवस्था बनाइदिएका छन् जसले गर्दा उनीहरुको छोरीले विभिन्न समस्या खेप्न बाध्य छन्  । वास्तवमा इस्लामले दाइजो प्रथालाई निषेध गरि विवाहको विधिलाई धेरै सजिलो बनाएको छ तर हाम्रा दाजु भाईहरु आफ्नो रिति नबुझी अरुको रितिलाई अपनाएर यसलाई कठिन भन्दा कठिन बनाउन पछी परेका छैनन् जसले गर्दा हाम्रा दिदी बहिनीहरुलाई विवाहको बन्धनमा बाँधिन पनि गाह्रो भएको छ 

हाम्रा मुस्लिम दिदी बहिनीहरुले एउटा यो पीडालाई चाँही उठाउन बाध्य नै देखिन्छन् र यसको लागि उनीहरुले न कुनै आवाज नै उठाउँछन् । आवाज उठाइए पनि आफ्नै परिवारको बदनाम हुन्छ भनि मौनतामा नै बस्न रुचाउँछन् । कुरो के भने पैत्रिक सम्पत्तिमा छोरीको पनि छोरा झैं हक र अधिकार छ तर १०० जनामा १,२ जना (जसले इस्लामलाई बुझेको छ र नियम कानूनलाई आत्मसाथ गर्दछ) ले मात्र यो हक र अधिकार छोरीलाई दिएकोछ । वास्तवमा १४०० वर्ष अघी नै इस्लामले यो हक र अधिकार छोरीलाई दिइसकेकोछ तर हाम्रा दाजु भाईहरु छोरी चेलीको पैत्रिक हकसम्म हडप्न पछी पर्दैनन् ।

एउटा अन्ध विश्वासले मुस्लिम समाजमा ठाउँ लिएको पाइन्छ जसले गर्दा एउटी मुस्लिम महिला आफ्नै परिवारदेखि पीडित भइ आक्रोशितसम्म बन्न पुग्छे । यो अन्ध बिश्वास के हो भने मुस्लिम समुदायका कुनै पुरुषले अरु धर्मको कुनै महिलासँग विवाह गर्यो तर त्यो महिला तल्लो जातको पर्‍यो भने परिवारले पूर्ण रूपमा न अपनाउने अनि छुवाछुत भावना राख्ने जस्ता कुराले ती मुस्लिम महिला जो आफ्नो परिवार र धर्म त्यागि एउटा नया समाजमा पाइला  राखेकी हुन्छे उसलाई अत्यन्तै कठिन परिस्थिति झेल्नु पर्ने हुन्छ । यो एउटा यस्तो अन्ध बिश्वास हो जसलाई इस्लामले बहिष्कार गरेको छ र यसो गर्नुलाई पाप ठहर गरेकोछ । इस्लामले सबैलाई बराबरीको स्थान दिएकोछ । अल्लाहको निम्ति ठूलो त्यो व्यक्ति हो जसले उनको नियम कानून अनुसार जीवन बिताउँछ ।

एउटा बडो अचम्म लाग्ने कुरो के छ भने कतीपय हाम्रा दिदी बहिनीहरु पर्दामा हिंड्न रुचाउँछन् ताकी अरुको नराम्रो नज़रबाट सुरक्षित होऔं । तर यसमा कसले बाधा पुर्‍याउँछन् भन्दा उनीहरुकै श्रीमान वा परिवारले जसले गर्दा ऊ न चाहि चाहि पनि पर्दा बिना हिंड्न बाध्य हुन्छे, कारण : न श्रीमानलाई न परिवारलाई पर्दाको महत्व थाहा छ न इस्लामी कानूनको ज्ञान छ । यो पर्दाको बिषयले चाँही एउटी मुस्लिम महिला ठाउँ ठाउँमा पीडित देखिन्छे, कलेज, स्कुल, आफिस आदिमा सरकार एउटी मुस्लिम महिला अथवा युवतीलाई पर्दा गर्नेसम्म अनुमति दिएको छैन जसले गर्दा उनीहरु job  बाट र शिक्षाबाट वञ्चित हुन पुग्छन् । "खोइ त एउटी मुस्लिम महिलाले धार्मिक स्वतन्त्रता पाएको ? धर्न्म निरपेक्ष देश भनेर घोषणा मात्र भयो कार्यनवयन  भएन जब एउटी अन्य धर्मको युवतीले आफ्नो अंग प्रदर्शन गर्ने अनुमति पाउँछे भने हामीले चाहिं त्यसलाई छोपेर राख्ने खुला स्वतन्त्रता खै पाएको ? यो कुनै नराम्रो काम त होइन नि हामी त आफूलाई सुरक्षित राख्ने कोशिश पो गरिरहेका छौं त " भनेर कतिपय मुस्लिम दिदी बहिनीहरुले आफ्नो पीडा पोखिरहेकी छिन् । तर काठमान्डौँमा एक दुईवटा कलेज र स्कूलमा यसको अनुमति रहेको छ जसले गर्दा हामी कतिपय मुस्लिम युवतीहरुलाई स्कार्फमा स्कूल, कलेज र काममा गएका देख्छौं तर यसले पूर्ण रूपमा स्वतन्त्र पाएको छैन जसले गर्दा मुस्लिम महिलाहरु यस कुरालाई पीडाको रूपमा लिन्छन् र यसलाई अनुचित भन्न मिल्दैन ।

कुनै विषयमा issue  बनाएर टिका टिप्पणी नै गर्ने हो भने हामीले त्यसको वास्तविकता भित्र पसेर मात्र आफ्नो बिश्लेषनात्मक राय दिनु उचित हुन्छ नत्र भने हामीले पछी गएर आफ्नो राय बदल्नु पर्ने अवस्था आउँछ किनकि देखिएका र सुनिएका कुराहरु भन्दा यथार्थ भिन्न हुन आउँछ जसरी मुस्लिम महिलाहरुको दुख पीडा सुनेर मानिसहरु धर्मलाई नै नकारात्मक दृष्टिले हेर्न थाल्दछन् तर धर्मलाई बुझेर हेर्दा इस्लाम त्यो धर्म हो जसले १४०० वर्ष अघी नै महिलाको हक, अधिकार, सुरक्षा, सम्मान पूर्ण रूपले प्रदान गरेको छ । तर स्वयं मुस्लिमहरुले नै आफूलाई पूर्ण रूपले इस्लाममा ढालेका छैनन् । यदि एउटा मुस्लिम सच्चा मुस्लिम बन्ने हो भने उसले महान ग्रन्थ कुरआन र हादीसको रूपमा रहेको जीवन विधानलाई पालना गर्नु नितान्त ज़रुरी छ र यसै अनुरुप एउटी नारीलाई उसको हक, अधिकार र  सम्मान दिनु पर्छ। नारी पुरुषको दासी होइन सहयात्री हो भन्नेकुरालाई बुझ्नुपर्छ । मुस्लिम समुदायले यस कुरालाई पालन गरेमा मुस्लिम महिलाहरु कहिले पछी पर्ने छैनन् र मुस्लिम महिला तथा पुरुष दुबैको सांसारिक र पारलौकिक जीवन सफल बन्ने छ ।


लेखिका : सोमिन्दा थेबे 

Comments

Popular posts from this blog

Navigating RAMADAN in a Modern World: Finding Harmony Between Work and Worship

Unveiling the Truth: The Logical Proofs Behind 4 Marriages in Islam That You Didn't Know!!

Bonds of Brotherhood in Qur'an