Posts

Showing posts from August, 2015

म अनि ऊ र उसको आस्था -- एक अनुभूति

Image
जिन्दगी एक यात्रा रहेछ , यात्रा गर्दै जानुपर्छ । कतिखेर हाम्रो जिन्दगीका पाइलाहरु नयाँ मोडतिर लम्कन्छन् हामीलाइृ नै थाहा हुन्न । हिजोको हामी र आजको हामीमा आकाश पातालको फरक भेट्दछौ । त्यस्तै भयो मेरो जीवनमा पनि । यात्राको क्रममा एक दिन यस्तो सहयात्रीसँग भेट भयो जुन आज पनि मेरो मानसपटमा ताजा रहिरहेको छ ।   यात्राकै क्रममा एक दिन मेरा सहयात्री बन्नको लागि एकजना नव मुस्लिम दिदी मेरो साथको सिटमा बस्न आउनुभयो । मेरो लागि उहाँको पोसाक असाधारण बन्न पुग्यो । त्यसैले उहाँसँग परिचय गर्नथालें । यहि क्रममा उहाँलाई सोधेंः आयशा दिदी हजुरले किन इस्लाम अपनाउनु भएकोे , के कुराले हजुरलाई यति धेरै प्रभावित पार्यो   जसले आफ्नो सबै कुरा त्यागेर यसमा लाग्नुभयो ? यस्तो पोशाकले हजुरलाई असजिलो महसुस हुदैन ? यो पोशाकमा म किन असजिलो महसुस गरुँ ? बरु तपाईलाई यी पोशाकमा आफू अपमानित भएको जस्तो लाग्दैन ? तपाईले अल्लाहको भनाईको अपमान गरेको जस्तो लाग्दैन ? म मौन भएँ किनकि एक मुसलमान नारीको पहिचान मसँग थिएन । दुनियाको रमझममा रमाइरहेकी थिएँ । एक सच्चा मुसलमान  नारीलाई यी सब सुहाउँदैन जसको मनमा अल्...