Posts

Showing posts from January, 2012

इस्लामी आस्था र मुहम्मद (स.) ले दिएको शिक्षा

Image
अल्लाह तआलाले मानवका लागि रोजेको एक मात्र जीवन प्रणाली इस्लाम हो । पहिलो मानव तथा पहिलो सन्देष्टा हजरत आदम अलैहिसलामदेखि अन्तिम सन्देष्टा हजरत मुहम्मद सल्लल्लाहु अलैही वसल्लमसम्मका संपूर्ण इशदुतहरुलाई अल्लाहले पठाएको सन्देश वा शिक्षा इस्लामको नै थियो । सबै मानवका सृष्टिकर्ता , सन्देशक एकै हुन् , सबैका ईश्वर एकै हुन् भने मानवका लागि उनले रोजेको धर्म वा जीवन प्रणाली पनि एकै हुन्छ , अनेक हुनै सक्दैन । मानिसले ग्रहण गरेको शिक्षा र त्यसमा मानवले गरेको थपघटले गर्दा धर्म वा जीवन प्रणाली अनेक बन्न गएको हो । यदि मानवले सत्यतालाई बुझ्ने हो भने इस्लाम मात्र सत्य जीवन प्रणाली हो र कुरआन मानव जीवन विधान वा ईश्वर प्रदत्त संविधान हो । अन्तिम संविधान कुरआनले यस अघि आएका सबै संविधानलाई खारेज गर्दछ र अन्तिम सन्देष्टा मुहम्मद (स.) सँगै ईश्वरीय सन्देष्टाको आगमन समाप्त हुन्छ । कुरआन भन्दा पहिले अवतरित ग्रन्थ (संविधान) अपूर्ण थिए र कुरआन मात्र पूर्ण संविधान हो । ईश्वरीय संविधानले एक पटक पूर्णता पाएपछि अब आखिरत सम्मको लागि अर्को नयाँ संविधानको आवश्यकता पर्ने कुरै आउदैन । मानवका सबै पक्षलाई समेटेर अल्लाहल...

यी मुहम्मद थिए !

Image
( यो प्रस्तुति अमेरिकन लेखकद्वारा लेखिएको लेखको अनुवाद हो । हुन त मुहम्मद (सल्ल.) को बारेमा हामी कोही पनि अनभिज्ञ त छैनौं होला । तैपनि बिभिन्न तहबाट बिभिन्न मानिसले उनको याद र सम्झना गरेको पढ्न पाउँदा पुनः ताजापन आउने हुनाले यस प्रकारको निरन्तरता जरुरी ठानेकी हुँ ।) “ आजसम्मको ईतिहासमा एउटै मात्र मानिस मुहम्मद (सल्ल.) छन् ,   जसले धार्मिक र गृहस्थी दुबै स्तरमा अत्यन्त बिशिष्ट सफलता प्राप्त गरे । उनी (सल्ल.) जस्ता अरु कोहि थिएनन् ,   जसको जीवनशैलीले बास्तविकताको दस्तावेज प्रस्तुत गर्यो । र ,   यो दिनसम्म   उनको (सल्ल.) जीवनशैलीले उतारेका उदाहरणीय आवश्यकतालाई संसारका विभिन्न क्षेत्रबाट र विभिन्न देशबाट धेरै मानिसहरुलाई आफ्नो दैनिक जीवनमा हुबहु उतार्ने प्रयास गर्दै आएका छन् । धार्मिक नेता वा ईशदूतहरुमध्ये मुहम्मद (सल्ल.) मात्र हुन् ,   जसले मानव ईतिहासमा पहिलो पटक उच्चकोटीको राज्य सत्ताको स्थापना गरे । र ,   त्यो यस्तो शताब्दी थियो ,   जहाँ जुन भूमिमा कुनै नियम – कानुन थिएन । कसैको मूल्य – मान्यता थिएनन् । समाज अस्त – व्यस्त थियो । उनले (सल्ल...

अन्तिम संदेष्टा मुहम्मद (स.) को जन्म र चरित्र

Image
प्रतिकुल समय र परिस्थितिमा अरबको मक्का उपत्यकामा एक बालकको जन्म भयो जसको नाम मुहम्मद मुस्तफा थियो । हजरत मुहम्मद मुस्तफा (स.) को वंशावलीमा पूर्वजहरु खोतल्दै जाने हो भने करिब सात पिंढि पहिले हजरत इस्माइल (अ.) संग गएर मिल्छ । हजरत इस्माइल (अ.) ले अल्लाहको आदेश अनुसार आफ्नी पत्नी हाजरा र छोरा इस्माइललाई मक्का उपत्यकामा छोडेर गएका थिए । हजरत इस्माइल (अ.) को सन्तानमा अदनानको जन्म भयो । अद्नानका धेरै सन्तानहरु मध्ये मअद बिन अद्नानको नाम प्रसिद्ध छ । मअदका सन्तानमा मुजर र मुजरका सन्तान मध्ये फिहर बिन मालिकले आफ्नो खानदानको नाम उज्वल पारे । फिहर बिन मालिकका सन्तानको नाम कुरैश रह्यो र यो नाम यति फैलियो कि पूरै वंश यसै नामबाट चिनिन थाल्यो । कुरैशको वंशज आफ्नो प्रतिष्ठा ,   उच्च आचरण ,   वीरता ,   संभाषण शक्तिको कारण अरबवासीहरु बीच प्रसिद्ध हुन गयो । मानिसहरु त्यस खानदानलाई आदरको दृष्टिले हेर्ने गर्दथे । फिहरको सन्तानमा कुसई बिन किलाबको जन्म भयो । जसको उच्च गुण र क्षमता देखेर काबाको सेवाकार्य खुजाआबाट उनलाई सुम्पियो । काबाको संरक्षण र रेखदेख गर्ने जिम्मा उनलाई दिइएको थियो । म...

विश्व शान्तिकालागि कुरआन

Image
कुरआन इस्लामको महान ग्रन्थ हो । यसका कतिपय शिक्षाहरु त ईश्वरले मानवको सृष्टि सँगसँगै उनीहरुलाई दिदै आएका थिए । पहिलो मानव आदम (अलै.)को सृष्टि पश्चात् धर्तीमा जीवन निर्वाह गर्ने तरिका सिकाउनका लागि उनले आदम (अलै.) तथा ह व्वा   (अलै.)लाई इस्लामी शिक्षा दिए । धर्तीमा मानिसको संख्या बढ्दै गयो र ईश्वरले विभिन्न कालान्तरमा विभिन्न क्षेत्र ,   समुदाय र वंशका मानिसहरुका प्रतिनिधिलाई ईश्वरीय सन्देश अवतरित गर्दै रहे । यी प्रतिनिधिहरुको शिक्षामा इस्लामको शिक्षा रहेको थियो । तर त्यसरी अवतरित ईश्वरीय सन्देश अपूर्ण हुनुको साथै मानिसको कमजोरीका कारणले गर्दा सो शिक्षा वास्तविक रुपमा रहन सकेन र त्यसमा हेरफेर तथा थपघट हुँदै आयो । त्यसैले मानिस हरेक दृष्टिबाट बढी सक्षम भएपछि ईश्वरले हजरत  मुस्तफा मुहम्मद (सल्ल.)लाई अन्तिम सन्देष्टा बनाए र २३ वर्षको लामो अवधिमा मानवको सम्पूर्ण जीवन व्यवस्थालाई निर्देशित गर्ने सन्देशहरु अर्थात कुरआन  अवतरित गरे । कुरआनको शिक्षा नै इस्लामी शिक्षा हो । इस्लाम शब्द सलामबाट बनेको हो जसको शाब्दिक अर्थ   “ शान्ति ”   हुन्छ । त्यसैले कुरआनको शिक्षा...